अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका युवा परिषदले जनप्रतिनिधि र युवा विच अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ।
परिषदले शुक्रबार एक वृहत कार्यक्रम आयोजना गरी नगरपालिकाका प्रमुख , उप-प्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष, सदस्य लगायतका शाखा/महाशाखा अधिकृतहरुको उपस्थितिमा समृद्ध नगरपालिकाको निर्माणमा युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा प्रत्यक वडाका वडा युवा परिषद, क्लब, संजाल लगायत युवा समुहमा आवद्ध युवाहरु उपस्थित थिए ।
अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गर्न यो दिवसको घोषण गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित युवाहरुलाई नगर विकासका मुलभुत क्षेत्रहरु समेटिने समाजिक क्षेत्र, खोज अनुसन्धान, पर्यटन, स्वास्थ्य, सुचना प्रविधि, कृषि, उद्योग, कला सँस्कृति लगायत अन्य विभिन्न समुहमा विभाजन गरी उनिहरुबाट नगरपालिकाको समृद्धिको लागि विषय केन्द्रित ठोस योजना, सुझाव तथा आफ्नो जिम्मेवारी र कर्तव्यहरु प्रस्तुत गर्न लगाईएको थियो ।
प्रस्तुतिकरणको क्रममा खोज अनुसन्धान विषयिक समुहका नेतृत्व गर्दै वडा नं ०२ युवा परिषद् अध्यक्ष शिशिर पौडेलले विकास निर्माणका कार्यहरुमा खोज अनुसन्धान एकदमै महत्वपुर्ण रहेको तर्कहरु राख्दै अनुसन्धानबाट नगरपालिकाको आवश्यक्ता, समस्या र फाईदाहरुलाई मुल्याङ्कन गर्न सजह हुने बताउनुभयो । खोज र अनुसन्धानकर्ता उत्पादन गर्न समेत नगरपालिकाले ध्यान दिन पर्ने कुरामा उनको विशेष जोड थियो । यसका लागि युवा जमातमा भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारीको सिर्जना पनि हुने र जिम्मेवार युवा र उत्तरदायि सरकारको अभियानमा अर्को ईट्टा थपिने पौडेलले बताउनुभयो ।
यस्तै कृषि समुहबाट प्रतिनिधित्व गर्दै विशाल भट्टराईले कृषि क्षेत्रमा युवालाई आकर्शित गर्ने योजनाहरु निर्माणमा नगरपालिका केन्द्रित हुन पर्ने बताउनुभयो । यसकालागि कृषिमा आधुनिक प्रविधि प्रति जोड दिँदै बाँझा रहेका जग्गाहरु लाई नगरपालिकाको निगरानिमा सदुपयोग गर्न युवाहरुलाई अवसर सिर्जना गर्न सकिने सम्भावित योजनाहरु प्रस्तुत गर्दै कृषि उत्पादनका वस्तुहरुको बजारिकरणको लागि “समुदायिक खरिद विक्रि केन्द्र” स्थापना गर्नु पर्ने अहिलेको मुख्य आवश्यक्ता रहेको बताउनुभयो ।
सुचना प्रविधिका क्षेत्रलाई चुस्त र दुरुस्त बनाउने प्राविधिक सुझावमा केन्द्रित आशिष शर्माको प्रस्तुतिकरणमा प्रविधिको पहुँच सबैमा पुर्याउन सक्ने मुख्य योजनाहरु विस्तारमा व्यक्त गर्नुभयो ।
घरको नक्सापास गर्दा त्यस क्षेत्रमा ईन्टरनेटका लागि चाहिने “अप्टिकल फाईबर” अनिवार्य हुनु पर्ने नीतिको सुरुवात गर्नु पर्ने शर्माको विचारले कार्यक्रममा उपस्थित सबैको ध्यान केन्द्रित गरेको थियो ।
कार्यक्रममा उपस्थित नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईले राष्ट्रको भविष्यका कर्णधार, वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको युवा जोस र जागरुकताले राष्ट्र निर्माणमा आमुल योगदान दिन सक्ने यथार्थलाई बूढानीलकण्ठले आत्मसाथ गर्दै नगर विकासको अभियानमा युवा संलगनता लाई जोड दिने उद्देश्यले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा युवाहरुको प्रस्तुतिकरणको सम्वोधन गर्दै नगर प्रमुख मिठाराम अधीकारीले राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा आफुले नियालेको बताउनुभयो । युवाहरुले दिएका सुझाव, योजना र गरेका जिम्मेवारीको प्रतिवद्दतालाई सही रुपमा संवोधन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई नगर विकासमा विकासमा मूलप्रवाहिकरण गर्ने तर्फ केन्द्रित रहेर युवा मैत्री नीति र युवा मैत्री नगर बनाउने प्रयासमा रहेको उहाँले जोड्नुभयो । “यसका लागि युवा शक्तिको परिचालन, नगरको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच रोजगारीका समान अवसर, युवाहरुको संरक्षण र सम्बर्द्धनको व्यवस्था, नगर विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता योजनाहरु प्रमुख रुपमा संवोधन गर्ने योजना रहेको छ” ।
युवाहरुको प्रस्तुतिकरणबाट आकर्शित देखिएका उप-प्रमुख अनिता लामाले नगरमा भएका आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव हुने बताउनुभयो । “नगरले निर्माण गर्ने नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक छ”, लामाले भन्नुभयो “त्यसैले हामि युवाहरु विच भएका सिर्जनशिल सोच, योजना र योगदानको खोजि गरिरहेका छौँ” । अवसरको खोजीमा युवा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सेवा एवं उर्जाबाट मुलुक स्वयं वञ्चित हुन पुगेको अवस्थामा त्यसको समाधानका लागि युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसरहरु सृजना गर्ने युवा मैत्रि योजनाहरु अहिलेको निति तथा कार्यक्रममा रहेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रमको सम्बोधन गर्दै वडा नं १० अध्यक्ष नवराज भट्टराईले नगरपालिकाको आधा भन्दा धेरै जनसंख्या युवा वर्गले समेटेक अवस्थामा युवालाई जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर नगरपालिकाले प्रदान गर्नका लागि उनिहरुका चासोहरुलाई समुचित ढङ्गले संबोधन गर्न आवश्यक रहेको बताउनुभयो । युवाहरुलाई नेतृत्व विकासको माध्यमबाट नगर विकासको मूलधारमा नसमेटी सर्वाङ्गण्िा नगर विकासको परिकलपना सार्थक नहुने भएकोले खेलकूद, नैतिक शिक्षा, वातावरण संरक्षण, देशको आर्थिक विकास लगायतका क्षेत्रमा युवाहरुको प्रवर्द्धन र प्रोत्साहन गर्ने योजनाहरु निर्माण गरेका छौ, भट्टराईले भन्नुभयो, “हामिले युवाको साथ र सहयोगको उत्तिकै अपेक्षा राखेका छौँ ।
यस्तै वडा नं १२ अध्यक्षा शम्भु प्रसाद भट्टराईले कार्यक्रममा उठेका विविध विषयहरु केहि यसै वर्षको नीति तथा कार्यक्रममा उल्लेख भईसकेकको बताउनुभयो । उहावले भन्नुभयो,”केहि यस्ता विषयहरु छन् जुन हामिले पनि सोचेका थिएनौ, आज युवाहरुको सोच र क्षमता देख्दा गौरव” । ” युवा वर्ग बाट आएका सुझावहरु पक्कै पनि संवोधन हुने छ “, उहाँले जोड्नुभयो ।