श्रावण २५, २०७९ ।
घडीको सुईमा १ बजे सँगै विद्यार्थीहरुले आदर्श विद्यालय बारे आफ्नो बिचार लेख्न थाले । बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका करिब ५० वटा विद्यालयबाट प्रतिनिधित्व गर्दै ५० जना विद्यार्थीहरुले “मेरो विद्यालय, मेरो सपना” शीर्षकमा माध्यमिक विद्यालस्तरीय निबन्ध प्रतियोगितामा भाग लिएका छन् ।
बूढानीलकण्ठ नगरपालीकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले संचालन गरेको यस प्रतियोगितामा विद्यार्थीहरूले एक आदर्श स्कूलको बारेमा आफ्ना बिचारहरूका साथै विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ–आफ्नो तहबाट निर्वाह गर्न सक्ने भूमिकाका बारेमा पनि उल्लेख गर्नेछन् । यस प्रतियोगिताको परिणाम शिक्षा दिवस २०७९ का दिन साझाँ गरिने छ ।
शिक्षा प्रणालीलाई रूपान्तरण गर्न विद्यार्थीहरूलाई जागरूक बनाउन धेरै महत्त्वपूर्ण रहेकोले यस्तो कार्यक्रम आयोजना गर्न जरुरी रहेको शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले बताएका छन् ।
प्रत्येक विद्यालयबाट प्रतिनिधित्व गरेर आएका विद्यार्थीको निबन्धका साथै प्रथम, द्वितीय र तृतीय भएका निबन्धहरूलाई सबै सहभागी विद्यालयहरूमा पठाइने छ । यस प्रतियोगिताबाट विद्यार्थीहरूको भाषिक ज्ञानका साथै विद्यालय सुधारका ३६ वटा मूल्यांकन सूचक मध्यका सम्बन्धित सुचकहरुमा विद्यालयहरूलाई अंक समेत दिइने विषयगत महाशाखा कर्मचारीले जानकारी समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय