बूढानीलकण्ठ, श्रावण २५ गते ।
यस साता अत्यधिक पानि परेकोले देशका धेरै स्थानबाट क्षतिहरु भएको खबरहरु आईरहेका छन् । बूढानीलकण्ठमा पनि मंगलबार बेलुका देखि परेको निरन्तर वर्षाले थुप्रै स्थानमा क्षति पुर्याएको छ।
वडा नं १ को तौलुङ्ग स्थित बुद्धलामाको घर अगाडिको पहिरो गएर घर जोखिममा परेको छ । यता वडा नं ११ ढुङ्गेपाखाको पहिरोले बाटो अवरुद्ध गरेको छ भने वडा नं ०६ मा २ साता अघि रोकथाम गरीएको लुडेखोलाको पहिरोमा फेरि बाढिले असर गरेको छ । यस्तै वडा नं ०३ चपलि, वडा नं ०५ विष्णुमति र वडा नं १३ सापाटारमा पनि पहिरोले क्षती पुर्याएको जानकारी विपद व्यवस्थापन शाखाले दिएको छ ।
नगरपालिकामा आएको विपद रोकथामका लागि नगर प्रहरीको विपद व्यवस्थापन टोलिलाई प्रतिकार्यका लागि परिचालन गरिएको नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभएको छ ।
वडा नं ०३ मा बिहान ०७ बजे नगर प्रहरीको विपद व्यवस्थापन टोलिले डोजर प्रयोग गरी अवरुद्ध भएको बाटो पन्छाएका छन् । यस्तै वडा नं ११ ढुङ्गेपाखाको अवरुद्ध भएको बाटोमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको विपद व्यवस्थापन शाखाले जनाएको छ ।
वडा नं १३ सापाटारको पहिरोको पनि आवश्यक व्यवस्थापन भईरहेको छन् भने अन्य विपद जोखिम क्षेत्रमा प्रतिकार्यको कार्यहरु भईरहेका छन् ।