बूढानीलकण्ठ, श्रावण २२ गते ।
बूढानीलकण्ठ माध्यमिक विद्यालयमा Diploma in Computer Engineering का लागि ५० प्रतिशत सम्म छात्रवृत्ति प्रदान गरिदै छ । नगरपालिकामा स्थायी बसोवास भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहयोग गर्ने लक्ष्यका साथ मेयर छात्रवृत्ति कोटा नगरपालिकाले प्रदान गर्न लागेको हो ।
योग्यता पुगेका इच्छुक विद्यार्थीहरुले सम्बन्धित वडा कार्यालयमा गई आवेदन दिन सक्नेछन । आवेदन दिएका मध्य ८ जना विद्यार्थीलाई छात्रवृत्तिका लागी सिफारिस गरिने नगरपालिकाले जनाएको छ ।
छात्रवृत्ति पाउनका लागि आवेदन दिने विद्यार्थीको SEE मा अङ्ग्रेजीमा D+, विज्ञान र गणितमा C ग्रेड आएको हुन पर्नेछ र प्रवेश परीक्षाका लागि रु. १५००/- दस्तुर बुझाउन पर्नेछ । श्रावणको २६ गते फाराम भर्ने अन्तिम मिति रहेको छ भने भाद्र ४ गते बिहान ११ बजे प्रवेश परीक्षाको मिति तोकिएको छ ।