बूढानीलकण्ठ, श्रावण १९ गते ।
बूढानीलकण्ठ नगरपालिकामा प्राविधिक सहायक र रोजगार सहायक (पाँचौ) पदमा १-१ जनालाई करार सेवामा पदपूर्तिका लागि नगरपालिकाले सुचना जारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रमाबाट स्वीकृत) स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८ बमोजिम बूढानीलकण्ठमा रिक्त रहेको उक्त पदमा नियुक्तिको लागि नगरपालिकाले विज्ञापन निकालेको हो ।
पदका लागि तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भदौ १ गते भित्र माग बमोजिमका विवरण सहित कार्यालयमा निवेदन दिनुहुन नगरपालिका प्रशासन महाशाखाले जानकारी दिएको छ ।