बूढानीलकण्ठ, श्रावण १२ गते ।

बूढानीलकण्ठ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धोबीखोला सरसफाई अभियान सुरु भएको छ ।

प्रत्यक नागरिकको मौलिक हक अन्तर्गत बेरोजगार व्यक्तिहरुलाई कम्तिमा १०० दिन रोजगारी दिने नेपाल सरकारको उद्देश्यका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई धोविखोला सरसफाई अभियानमा खटाईएको हो ।

यस कार्यको बिहिबार (आज) नगर प्रमुख मिठाराम अधीकारी, उप-प्रमुख अनिता लामा, प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, विभिन्न वडाका वडा अध्यक्ष, शाखा महाशाखा प्रमुख, नगर प्रहरी लगायत  स्थानीयको उपस्थितिमा नगर प्रमुख र उप-प्रमुखले सरसफाईका औजारहरु हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नु भएको थियो ।

आज वडा नं १० स्थित पाथिभारा टोल देखि सुरु भएको सरसफाई कार्यक्रम ३ महिना सम्म निरन्तर चल्ने प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले जानाकरी दिनुभयो, “यस सरसफाई कार्यमा संलग्न वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कोष बाट नेपाल सरकारले निर्धारण गरेको रकम उपलब्ध गरिने छ “।

कार्यक्रममा उपस्थित नगर प्रमुख मिठाराम अधिकारीले धोविखोलाको स्वच्छतालाई संरक्षण गर्दै यसलाई पुनर्जिवित गर्न यसको व्यवस्थापन र सौन्दर्यकरणमा विशेष प्राथमिकताका साथ नगरपालिका लागि परिरहेको बताउनुभयो । बेरोजगार व्यक्तिहरुले रोजगार पनि पाउने र नगरपालिकाको अभियानमा पनि सहयोग हुने भएकाले यस कार्यको विशेष छलफल पश्चात सुरु गरिएको उहाँले जानकारी दिनु भयो ।

यस्तै उप-प्रमुख अनिता लामाले सरसफाई अभियान र रोजगारीको कार्यलाई समानन्तर तरिकाले लैजान खोजेको र यो एक अभियान मात्र नभई ‘आफ्नो ठाँउ आफै सफा गरौँ’ भन्ने नाराको प्रतीकात्मक अभ्यास पनि रहेको बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय