बूढानीलकण्ठ, श्रावण ११ गते ।

विगत १ हप्ता देखिको अविरल वर्षाका कारण बूढानीलकण्ठ नगरपालिकाको विभिन्न क्षेत्रहरुमा बाढी, पहिरो जस्ता विपदका घटना घटिरहेका बेला नगरपालिकाले क्षति न्यूनीकरण गर्नका लागि First Action Process मार्फत व्यवस्थापन कार्य सुरु गरेको छ ।

बूधबार (आज) मात्रै वडा नं १० को बालुवाखानीमा गएको पहिरोबाट हुने जन धन क्षतिको न्यूनीकरण गर्न उक्त क्षेत्रमा १२ वटा पाल राखि उचित व्यवस्थापन भएको छ । वडा अध्यक्ष नवराज भट्टराई सहित नगर प्रहरीको टोलिले उक्त कार्यमा सहयोग गरी जन, धनको क्षति न्यूनीकरण गर्न सहयोग गरेका थिए ।

यस्तै नगरका अन्य विपद जोखिम क्षेत्रमा पनि आवश्यक व्यवस्थापन गर्न प्रतिकार्य समुह तयार रहेको नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बहुजोखिमयुक्त क्षेत्रहरु पहिचान गरी प्रकोप अगावै त्यस्को व्यवस्थापन गर्न नेपाल प्रहरी, नेपाली सेना लगायत रेडक्रस जस्ता निकायहरुसँग आवश्यक सहकार्य भईरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय