बूढानीलकण्ठ, श्रावण ०७ गते ।
बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि श्रावण ०७ गते (आज) नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको गोष्ठिमा नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत महाशाखा\शाखा प्रमुख गरी करिव ४० जनाको सहभागितामा रहेको थियो ।
व्यवस्थापन विज्ञ स्नेह सायमी र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वाशुदेव अधिकारीले नगरपालिकाको अवसर\चुनौति, लक्ष्य\उपलब्धि, व्यवस्थापनका रणनितिक तालिका सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण सत्र सञ्चालन गर्नु भएको थियो ।
प्रशिक्षणमा विषयगत नेतृत्वकर्ताको भुमिका, दिर्घकालिन योजना निर्माण प्रक्रिया, बजेट विनियोजन लगायत सुशासनका मुलमंत्र जस्ता शिर्षकहरुमा विशेष छलफल गरिएको थियो ।
नगरपालिकामा निर्माण भएका आवधिक नीति तथा कार्यक्रमहरुको लक्ष्य र उद्देश्य प्राप्तिको लागि जनप्रतिनिधि र प्रशासनिक संयन्त्रहरुको प्रमुख भुमिका रहने भएकाले त्यसको सरल कार्यान्वयनको निम्ति रणनितिक योजना निर्माण गर्न कार्यशाला गोष्ठी सञ्चालन गरिएको उप प्रमुख अनिता लामाले जानकारी दिनुभयो । कार्यशालामा बूढानीलकण्ठको ५ वर्षिय आवधिक योजना निर्माण सम्बन्धीत व्यवस्थापकिय पक्षहरुको बारेमा पनी छलफल भएको थियो ।