बूढानीलकण्ठ, श्रावण ०३ गते । 

बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ मा रू. ३० करोड ४२ लाख ७० हजार ७ सय ४८ दशमलब ४३ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७-०७८ मा नगरपालिकाले रु.२९ करोड ७५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकाे थियाे । असार मसान्त सम्म आईपुग्दा निर्धारित लक्ष्य भन्दा २.२७ प्रतिशत बढि राजश्व संकलन भएकाे राजश्व शाखा प्रमुख अच्युत खड्काले बताएका छन् । 

सबैभन्दा बढि रकम (जम्मा रू. ८ करोड ३२ लाख २८ हजार ९ सय ५७) सम्पति करबाट संकलन गरिएकाे छ भने सबैभन्दा कम राजश्व सेवा शुल्कमा (जम्मा रू. १ लाख ६४ हजार ३ सय १९) संकलन भएकाे छ ।

राजश्व संकलनको विवरण

आय शिर्षक नाम रकम (रु.)
मालपोत कर २४,८३,४०७
सम्पति कर ८,३२,२८,९५७
बहाल कर ६,७८,५२,१५८.९३
व्यवसाय रजिष्ट्रेशन दस्तुर कर १,८७,०९,३९२.६८
सिफारीस दस्तुर २,९०,१४,१६९.९६
नक्सापास दस्तुर ६,३३,७०,५२८.५९
अन्य सेवा शुल्क १,६४,३१९.४०
व्यक्तिगत घटना ५,१२,४००.००
अन्य दस्तुर २,५०,२१,३५८.१५
अन्य राज्श्व १,३९,१४,०५६.८०
कुल जम्मा ३०,४२,७०,७४८.४३

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय