बूढानीलकण्ठ ।‌

COPOMIS मा समष्टिगत वित्तिय विवरण भर्ने सम्बन्धमा बूढानीलकण्ठ नगरपालिका सहकारी शाखाले सुचना प्रकाशित गरेको छ।

नगरपालिका कार्य क्षेत्र भित्र सञ्चालित सबै सहकारी संस्था लि हरुलाई भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको पत्रानुसार व्यवस्थापन सुचना प्रणालीलाई कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्थाको सम्बन्धमा सहकारी संस्थाले आफ्नो संस्थागत र व्यवसायिक कारोबारको विवरण विभागले तोकेको व्यवस्थापन सुचना प्रणालीमा अनिवार्य प्रविष्टि गर्नुपर्ने कानुनी व्यवस्था भएको हुदाँ सबै सहकारी संस्थाहरुले ७ दिन भित्रमा अनिवार्य रुपमा समष्टिगत वित्तिय विवरण भरि कोपोमिस आवद्दता नम्बर सुरक्षित राख्नुहुन शाखा प्रमुख गिता ठगुन्नाले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय