बूढानीलकण्ठ, असार ३१ गते ।
५ बर्ष देखि माथि र १२ बर्ष भन्दा मूनिका बालबालिकाहरुका लागि श्रावण ०२ गते देखि Pfizer Pediatric Covid खोप लगाईने भएको छ ।
बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाले सुचना जारी गर्दै खोप लगाउन बाँकी वडाहरु २,३,४,५,६, ७, ८, ९ र १३ अन्तर्गतका सरकारी तथा नीजि विद्यालयहरूमा ५ वर्ष देखि माथि र १२ वर्ष भन्दा मूनीका बालबालिकाहरुलाई कोभि- १९ विरुद्धको राष्ट्रिय खोप अभियानको रुपमा Pfizer Pediatric Covid खोप लगाउने कार्य हुन लागेको जानकारी गराएको हो ।
खोपको उपलब्धताको आधारमा यस अघि बुढानीलकण्ठ नगरपालिका वडा नं. १,१०, ११ र १२ अन्तरगत रहेका सरकारी तथा नीजि विद्यालयहरुमा अध्ययनरत ५ बर्ष देखि माथि र १२ बर्ष भन्दा मूनीका बालबालिकाहरुलाई खोप लगाईसकेको हुनाले बाँकि रहेका वडाहरुमा यसपटक लगाउन लागिएको जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनु भएको छ ।
खोप लगाउने कार्यका लागि सम्बन्धीत सरकारी विद्यालयहरुका प्रध्यानाध्यापकहरुले सम्बन्धीत वडाहरुमा रहेका स्वास्थ्य संस्थाका प्रमुख ज्यूहरुसंग समन्वय तथा सहकार्य गरी आफ्नो विद्यालयहरुमा खोप लगाउने मिति तय गरी खोप लगाउने व्यवस्थापनको लागि महाशाखाले अनुरोध गरेको छ । साथै बालकालिकाका अभिभावक ज्यूहरुले सम्बन्धीत विद्यालयमा सम्पर्क गर्नहुन समेत जानकारी सुचनामा उल्लेख छ ।