बूढानीलकण्ठ, असार ३१ गते ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ०२ को प्रशासनिक कार्यालय भवन शिलान्यास गरिएको छ । बुधबार बिहान एक समारोह आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामाले संयुक्त रुपमा भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको थियो ।
अस्थायी भाडाको घरमा सञ्चालन हुदैँ आएको वडा नं ०१ कार्यालयमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकोले नगरपालिका र जिल्ला समन्वय समिति को साझेदारीमा ३ तल्ले वडा कार्यालय भवन निर्माण प्रकृया सुरु गरिएको वडा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनु भयो । कार्यालय भवन तौलुङ स्थीत डुकुर्नी सामुदायिक वन जाने पैदल मार्ग सँगै बन्न लागेको हो ।
करिव २ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवनमा पौराणिक सम्पदा जगेर्णा गर्ने र मौलिकता झल्किने खाल्का सुविधा सम्पन्न र अपाङ्ग मैत्री संरचनाहरुको डिजाईन भएको छ ।
भवन निर्माणका लागी बैशाख १९ गते नव सृजनशील कन्ट्रक्सन कम्पनि सँग लागत १ करोड ५८ लाख ७९ हजार ५६ रुपैयाँ मा सम्झौता भएको थियो । निर्माण कम्पनिले १८ महिना भित्र कार्य सम्पन्न गर्ने प्रतिवद्दता नगरपालिकालाई दिएको छ ।
भवन निर्माणमा नगरपालिका र काठमाडौं जिल्ला समन्वय समितिको ५०\५० प्रतिशत विनियोजन भएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।
सुभारम्भ कार्यक्रममा उपस्थित नगरप्रमुख मिठाराम अधिकारीले वडाको प्रशासनिक कार्यहरु सञ्चालन गर्दा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न समस्या भइरहेका बेला नगरपालिकाले वडा कार्यालय भवन निर्माणको कार्यलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । सोहि क्रममा वडा नं ०१ को आफ्नै भवन नभएको र निर्माण गर्न आवश्यक परेकोले यस कार्यलाई अघि बढाईएको बताउँनु भयो । एक साता अघि मात्र वडा नं ०४ को पनि प्रशासनिक भवन शिलान्यास भएको थियो ।
नगरपालाकाको १३ वटा वडा मध्य वडा नं ०५, ०६, ०८, ०९, ११ र १२ को आफ्नै प्रशासनिक भवनहरु निर्माण भईसकेका छन् । बाँकि वडा कार्यालयहरुको पनी भवन निर्माणको प्रकृयामा रहेको र अबको केहि वर्षमै सबै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन हुने गरी नगरपालिका लागि परिरहेको प्रमुख अधिकारीले जानकारी दिनु भएको छ ।
आज भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामा लगायत विभिन्न वडाका अध्यक्ष, वडा सदस्य, प्रहरी प्रभाग, नगर प्रहरी, समाजसेवि र स्थानीयको उपस्थिति रेहको थियो ।