बूढानीलकण्ठ, असार २९ गते ।

बूढानीलकण्ठ नगरपालिकाको दशौँ नगरसभाको बैठकबाट पारित गरिएको आ.व. २०७९\०८० को अनुमानित आय २ अर्ब २० करोड ९६ लाख ७० हजार (रु.२,२०,९६,७०,०००/-) र व्यय तर्फ २ अर्ब २० करोड ९६ लाख ७० हजार (रु.२,२०,९६,७०,०००/-) आम्दानी र खर्च गर्न विनियोजन भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको स्थापना पश्चात यो नवौँ बजेट विधेयक हो भने २०७४ वैशाख ३१ गतेको स्थानीय सरकार निर्वाचनबाट स्थापित नगरसभाले प्रस्तुत गरेको यो पाचौं र २०७९ को  निर्वाचित जनप्रतिनिधिहरुको यस कार्यकालको पहिलो बजेट हो । निर्वाचन पश्चात २०७४ असार १० गते पहिलो नीति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७८\७९  का लागि नगरपालिकाले २ अर्ब ९६ करोड १८ लाख (रु.२,९६,१८,००,०००/-) बजेट ल्याएको थियो भने आ.व. २०७७\७८ मा २ अर्ब ६७ करोड ५१ लाख ३२ हजार रुपैयाँ थियो ।

आ.व. २०७९\०८० को लागि केन्द्र सरकार र प्रदेश सरकारको विशेष र समपुरक अनुदान बाहेक चालु खर्चको २५ प्रतिशतको अधिनमा रहेर बजेट बाँडफाँडको व्यवस्था मिलाईएको छ ।

साथै १,०९,९७,२१०००।– (एक अर्ब नौ करोड सन्ताननब्बे लाख एक्काइस हजार) पूँजीगत खर्चमध्येबाट समपुरक कोषको लागि ५,००,००,००० (पाँच करोड) आन्तरिक सह–लगानी कोषको लागि ४,००,००,००० (चार करोड) विपद व्यवस्थापन तथा महामारी नियन्त्रणको लागि ५,००,००,००० (पाँच करोड), कर्मचारी कल्याण कोषमा १,००,००,००० (एक करोड), विविध पूँजीगत निर्माण खर्च ३,००,००,००० (तीन करोड), वडा कार्यालयलाई ४०,९५,००,००० (चालिस करोड पन्चाननब्बे लाख) र विषयतग महाशाखा, शाखा अन्तरगत संचालन गरिने देहायका कार्यक्रमहरुको लागि देहाय बमोजिम बजेट विनियोजन भएको छ ।

त्यसैगरी, शिक्षा क्षेत्र तर्फ रु. ६,२५,००,०००।– (छ करोड पचिस लाख), स्वास्थ्यतर्फ रु. ६,८५,००,०००।– (छ करोड पचासी लाख), मानबीय कल्याणतर्फ रु. २,७०,००,०००।– (दुई करोड सतरी लाख), वातावरण तथा बिपद् व्यवस्थापन तर्फ रु. ६,७५,००,०००।– (छ करोड पचहत्तर लाख), कृषि तथा पशु विकास तर्फ रु. १,१५,००,०००।– (एक करोड पन्ध्र लाख), पर्यटन क्षेत्र तर्फ रु. २,९५,००,०००।– (दुई करोड पन्चानब्बे लाख), सहकारीतर्फ रु. ५०,००,०००।– (पचास लाख रुपैया), खानेपानी योजना निर्माण तथा व्यवस्थापनको लागि रु. ७,००,००,०००।– (सात करोड), सुरक्षित नगर तथा उज्यालो कार्यक्रमको लागि रु. ७,४५,००,०००।– (सात करोड ४५ लाख, सुशासन सेवा प्रवाहको लागि रु. ३,०५,००,०००।– (तीन करोड पाँच लाख) साथै नगरस्तरीय पूँजीगत खर्चको लागि जम्मा रकम ६५ करोड छुट्टिएका छन् ।

विगतमा प्रस्तुत गरिएको र कार्यान्वयन भएका पाँचवटा बजेटको कार्यान्वयन, प्रभावकारिता र उपलब्धीको समेत खुलेर छलफल गरी प्रस्तुत भएका बजेटको बारेमा सम्पूर्ण जनप्रतिनिधी, नगरसभा सदस्यहरुको सकारात्मक सल्लाह सुझाव अनुसार अघि बढेको नगरप्रमुख मिठाराम अधिकारीले बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाको प्राथमिकता प्राप्त गौरवको योजना मध्य बूढानीलकण्ठ नगर अस्पताल, कपन ह्याण्डबल बहुउद्देश्यीय खेल पूर्वाधार योजना, बूढानीलकण्ठ तरकारी खरिदबिक्री भण्डार, विभिन्न वडा कार्यालय भवन निर्माण, उज्यालो बूढानीलकण्ठ, कोशेली घर निर्माण, स्वास्थ्य चौकी भवन र महत्वपूर्ण सडक योजनाहरुमा आवश्यक बजेट व्यवस्था गरिएको छ ।

वडा कार्यालयहरुले छनौट गर्ने योजनामा केही महत्वपूर्ण कार्यान्वयन छिट्टै गर्ने र सम्भव प्राथमिकताका योजनामा थप रकमको व्यवस्था मिलाईएको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय विकास अन्तर्गत महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, विपन्न क्षेत्रमा अधिकतम बजेट व्यवस्था मिलाईएको छ । विपद व्यवस्थापन र रोकथामलाई मध्यनजर गर्दै आगामी दिनमा आउन सक्ने महामारीलाई ध्यानमा राखी स्वास्थ्य पूर्वाधारको बयवस्था मिलाउन विशेष ध्यान पुर्याईएको छ ।

आर्थिक विकास अन्तर्गत महिला, युवा उद्यमशिलता, पूर्वाधार र रोजगार वृद्धि क्षेत्रमा सहयोगका लागि बजेट व्यवस्था गरिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय