बूढानीलकण्ठ, असार २७ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ०६ स्थित लुडे खोलाको पहिरो नियन्त्रण भएको छ । असार २६ गते (हिजो) बेलुका ७ः५० बजेको भारी बर्षाका कारण गोर्खाली पुल बाट बायाँ पट्टि जाने बाटो को पर्खाल भत्किएर खोला थुनिए पश्चात पहिरो गएको थियो । विपदको खबर पाउना साथ नेपाल प्रहरी, नगरप्रहरी, स्थानीय र जनप्रतिनिधिहरुको सहकार्यमा पहिरो नियन्त्रण गरिएको हो । पहिरोको कारण नजिकैको वस्तिमा जोखिम सिर्जना भएकाले नगर प्रमुख मिठाराम अधिकारी र वडा नं ०६ का जनप्रतिनिधिहरु स्वयं उपस्थित भएका थिए ।
नेपाल प्रहरी र नगरप्रहरीका विपद प्रतिकार्य टोलिले आवश्यक उपकरण प्रयोग गरी विपदलाई समयमै नियन्त्रण गर्न सफल भएका थिए । नियन्त्रण कार्यमा स्थानीय र त्यहाँ नजिकै रहेको सुधार गृहका युवाहरुले समेत हातेमालो गरेको वडा सदस्य राजु भण्डारीले जानकारी दिनुभयो ।
हाललाई पहिरो न्युनिकरण गर्न पाल र प्लास्टिक राखीएको छ । यसको दिर्घकालिन व्यवस्थापन गर्नकालागि रिटेनिङ वाल लगाई खोलाको किनारमा रुखको विरुवा रोपिने वडा नं ०६ अध्यक्ष रवि खड्काले जानकारी दिनुभयो ।