बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का स्थानीयहरुलाई झुल वितरण गरिएको छ।

वर्षायाम सुरु भए संगै लामखुट्टे लगायतबाट सर्ने डेंगु, भाईरल ज्वर, जस्ता डरलाग्दा रोगबाट सुरक्षित रहनका लागि वडा नं ६ ले झुल वितरण गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का ६५ घर धुरीलाई दुई वटाका दरले झुल वितरण गरिएको जानकारी दिदै वडा अध्यक्ष रवी खड्काले अन्य क्षेत्रमा पनि निरन्तर रुपमा सो कार्यक्रम लैजाने बताएका छन्।

काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य दीपक निरौलाको प्रमुख आतिथ्यतामा भएको सो झुल वितरण कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रवी खड्काले गरेका थिए भने वडा सचिव हेमन्त आचार्यले संचालन गरेका थिए।

उक्त झुल वितरण कार्यक्रममा वडा नं ६ का पुर्व वडा अध्यक्ष नबिन केसी ,वडा सदस्य मुना मल्ल सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय