सुजन परियार २०७९ साल बैशाखमा रोजगारिको लागि विदेश जाने सोच राखेर म्यानपावर धाईरहेका थिए । म्यानपावरहरु बुझ्दै जाँदा उनले माल्टा देशको लागि कोटा आएको र त्यसमा पनि अझ कफि बारिस्टा तालिम भए झन राम्रो हुन्छ भन्नि सल्लाह पाए ।

तालिम लिनका लागि उनि काठमाडौंका तालिम केन्द्रहरु खोज्न हिडे ।  त्यहि सिलसिलामा व‍ौद्ध स्थित “मितिनि कफि बारिष्टा” तालिम केन्द्रमा सुलभ र प्रभावकारी प्रशिक्षण पाउने खबर पाएपछि सुजन त्यही भर्ना भए र १ महिनाको तालिम लिन थाले ।

१ महिने तालिम पछि सुजनमा बारिष्टा क्षेत्र प्रति रुचि बढ्दै गयो र म्यानपावरमा गई आफु यसमा सक्षम भएको जानकारी गराए । सुजनलाई म्यानपावरले भिसा आउन केहि महिना लाग्छ कुर्नुस् भनिदिए ।

परियार कुरिरहेका थिए । यतिकैमा उ बस्ने बूढानीलकण्ठ-१० कपनको पाथिभारा टोलमा नगरपालिकाले ल्याएको मेड्पा कार्यक्रमको बारेमा थाहा पाए ।

गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित मेड्पा कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको बुझे पछि उसमा अझै सिप सिक्ने कौतुहलता जागेर आयो । ध्यान लगाएर बुझे ।

कार्यक्रमले तालिमका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा पनि सहयोग गर्ने कुरा उसको मनमा पर्यो ।

मेड्पा कार्यक्रम जुन समुहमा भएका व्यक्तिहरुको आवश्यक्ता र ईच्छा सम्बन्धित तालिम प्रदान गर्ने गर्छ यसको बूढानीलकण्ठका सहजकर्ता जनार्दन मिश्रले समुहमा बुझ्दैँ सम्बन्धित निकायहगरु सँग छलफल गर्नु भएको थियो, परियार बताँउछन्, “उहाँको निष्कर्षमा टोलका बेरोजगार युवाहरुलाई १ महिने कफि बारिष्टा तालिम प्रदान गर्ने निर्णय भएको खबरले म झन उत्सहित भए” ।

उनले जोडे, “अझ भन्नै पर्दा सिप सिके पछि आफ्नै व्यवसाय स्थापना गरी उद्यमी बन्न समेत हौसला प्रदान गर्ने  कार्यक्रमको प्रावधानले मन छोएको हो” । संयोगले तालिम केन्द्र पनि उसले पहिलेनै सिकेको वौद्धको “मितिनी कफि वारिष्टा” तालिम केन्द्रनै पर्यो । तालिममा वडा नं ०९ र १० का २३ जना सहभागि भए ।

त्यसपछि सुजन तालिम लिन गए र त्यहाँको तालिम प्रशिक्षक दावा फुटि शेर्पा सँग ध्यान लगाएर आफ्नो सिप र कौशलता वृद्दि गर्न तिर केन्द्रित भए । दावा फुटि शेर्पा जो १ दशक देखि यहि क्षेत्रमा युवाहरुलाई प्रशिक्षण दिँदै आईरहेकि छिन् उनको प्रेरणादायक प्रशिक्षण शैलिले गर्दा नेपालमै पनि यसको संभावना रहेको बुझ्दै गए ।

(तस्विरमाः दावा फुटि शेर्पा\वाँया तर्फ)

प्रशिक्षणकै क्रममा सुजनमा आफ्नै व्यवसाय खोल्ने उत्साह जा‍ग्दै आयो । यहि उत्साहले गर्दा आफ्नो देश छोडेर विदेशमा जानु भन्दा आफ्नै देशमा रहेको संभावनालाई चिर्न सकियो भने देशको जनशक्ति कायम रहने र आफ्नो व्यवशायिक भविष्य पनि उज्जवल रहने विस्वास सुजनमा पालयो ।

यो उत्साहमा उ सँगै प्रशिक्षण लिने साथिहरुको सहकार्यका भावना र उर्जा मिसिएको सुजन बताउँछन् । त्यहि उत्साहले नै उनि अहिले निर्धक्क भन्छन “मेड्पा तालिमले गर्दा विदेश नजाने निर्णय गरे” “अब म बिदेश जान्न !”

सुजनले उसको यो प्रेरणादायि कथा मेड्पाको हिजो भएको १ महिने कफि बारिष्टा तालिमको समापन समारोहमा सुनाएका थिए ।

नगरपालिका उप-प्रमुख अनिता लामा, वडा नं ०९ अध्यक्ष सुमित्रा त्रिपाठि, प्रशासकिय अधिकृत केदार खड्का, उद्यम तथा पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, उद्यम विकास सहजकर्ता जनार्दन मिश्र र सरस्वति कुमारी लुहार लगायत प्रशिक्षक दावा फुटि शेर्पा, दावा शेर्पा र प्रशिक्षार्थिहरुको उपस्थितिमा भएको समापन समारोहमा सुजन जस्तै अन्य प्रशिक्षार्थिहरुको पनि उस्तै कहानि सुन्न पाईएको थियो ।

अधिकांश सबैले कफिको क्षेत्रका संभावनाहरुमानै काम गर्ने भन्दै सामुहिक व्यवसायमा उत्रिने निर्णय गरेको बताएका थिए । ‍आफ्नै ठाँउमा उद्दयमी बनेर अन्यलाई समेत रोजगारी सिर्जना गर्न सकिने भन्दै प्रशिक्षार्थि रोजिनाले अहिलेनै फलाम तातेको बेला सुरु गरिहाल्ने हो भनिरहेकि थिईन ।

उपप्रमुख अनिता लामाले कार्यक्रममा सुनिएका यस्तै प्रशङ्गहरुबाट प्रभावित भएको बताँउदै नगरपालिकाले रोजगारिका लागि युवाहरु विदेशिने क्रमलाई घटाउन यस्ता धेरै तालिमहरु आगामि नीति तथा कार्यक्रममा रहेको जानकारी गराउनु भएको थियो । युवालाई उद्यमशिलता तर्फ आकर्शित गर्न परम्परागत शैलिका तालिम भन्दा पनि हालको आवश्यक्ता र संभावना रहेका यस्तै कफि बारिष्टा, पर्यटन सम्बन्धित ‘हस्पिटालिटि’ प्रशिक्षण लगायत प्राविधिक क्षेत्रका तालिमहरु प्रदान गर्न नगरपालिका केन्द्रित रहेको उहाँले बताउनुभयो । उपप्रमुख लामाले उद्यम गर्न ईच्छुक युवाहरुलाई नगरपालिकाले गर्ने वित्तिय टेवाहरुको समेत जानकारी गराँउदै सहकार्य र समन्वयको नगरपालिका लागि सधै तयार रहेको प्रतिवद्दता समेत जाहेर गर्नु भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय