बूढानीलकण्ठ नगरपालिकाले WOREC सँगकाे सहकार्यमा बू.न.पा. वडा नं. ६ स्थित खड्ग भद्रकाली स्वास्थ्य चाैकीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । 

यस शिविरमा नगरभित्र बसाेबास गर्ने महिलाहरूलाइ पाठेघर तथा अन्य स्त्री राेग सम्बन्धी परामर्श, राेगकाे पहिचान र सक्दाे उपचार दिइएकाे छ । राेगकाे जटिलताकाे आधारमा सेवाग्राहिहरूलाइ विभिन्न स्वास्थ्य सेवाकालागि अन्य सिफारिस समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय