सूचना, गुनासो तथा सुझावको लागि हेलो बुढानिलकण्ठ कक्ष संचालनमा आएको छ ।

यस्तो छ यहाँ बाट पाईने सेवाहरू

हेलो बूढानीलकण्ठ कक्ष बाट संचालन हुने सेवाहरुः

• नगरपालिका बाट प्रकाशित सूचना , समाचार तथा गतिविधिहरुको विवरण

• नागरिक बडा पत्रको विवरणः

नगरपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी आवश्यक कागजातहरुको विवरण, प्रक्रिया, लाग्ने दस्तुर तथा सेवा शुल्क, लाग्ने समय, जिम्मेवार शाखा/वडा कार्यालय तथा पदाधिकारीको विवरण

• नगरपालिका सम्बन्धित गुनासो सुनुवाई

• नागरिक बाट प्राप्त सुझावहरुको संकलन

• कार्यसञ्चालन र शान्ति सुरक्षाको स्थितिको सम्बन्धमा जानकारी

• नगरपालिकाबाट हुने नितिगत निर्णयहरुको जानकारी

सूचना, गुनासो र सुझावहरुको संकलन गर्ने माध्यमहरुः

१. फोन को माध्यम बाटः

– टोल फ्रि नं १६६००१०००३२ मा फोन गरेर

– ०१- ४३७२७२५ मा फोन गरेर

– ०१- ४३७७२३५ मा फोन गरेर

२. ईमेल को माध्यम बाट

[email protected] मा इमेल गरेर

– वा [email protected] मा इमेल गरेर

– वा [email protected] मा इमेल गरेर

३. वेभ पोर्टल द्वाराः

– https://hello.budhanilkanthamun.gov.np/ मा लगईन गरी गुनासो तथा सुचना पठाएर

– हेलो सरकार को https://gunaso.opmcm.gov.np/ बाट गुनासो पठाएर

– नागरिक एप द्वारा गुनासो पठाएर – ड्यासबोर्डमा रहेको मेरो गुनासो मा click गरी गुनासो भरी पठाएर

– www.budhanilkanthamun.gov.np को सम्पर्क मा click गरि त्यहाँ रहेको फाराम भरी पठाएर

५. Facebook को माध्यम द्वाराः

– बूढानीलकण्ठ नगरपालिकाको facebook page: https://www.facebook.com/budhanilkanthamun मा मेसेज द्वारा सूचना तथा गुनासो सम्बन्धी मेसेज पठाएर

४. गुनासो कक्षमा स्वयं उपस्थीत भएर वा पत्र पठाएर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय