बूढानीलकण्ठ, असार १२ गते । 

बूढानीलकण्ठ नगरपालिकाले ‘विश्व ड्रग डे’ को अवसरमा एक भव्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

नगरपालिका युवा परिषद्को आयोजनामा भएको ‘विश्व ड्रग डे’ अर्थात लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मा नगरपालिकाका ३ मुख्य क्षेत्रबाट ‘ड्रग डे’ को नारा लिएर सहित र्यालि सञ्चालन गरी  मनाएको हो । र्यालिमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, नगर वडा युवा परिषद् लगायत युवा समुहहरु समेत जोडिएका थिए ।

 

यस वर्ष यो दिवसको नारा ‘स्वास्थ्य र मानवीय संकटमा लागुऔषधको चुनौतीलाई सम्बोधन गर्ने’ रहेको छ । यसले विश्वले सामना गरिरहेको विभिन्न चुनौतिहरूलाई सम्बोधन गर्दछ र लागुऔषध दुरुपयोग रहित संसार बनाउन कदम चाल्ने प्रयास गर्दछ।

कपन ह्याण्डबल, बूढानीलकण्ठ मंदिर र गोल्फुटार बास्केटबल मैदान बाट ३ वटा समुहमा हिडेको र्यालि गणेशचोक स्थित पिकोलोको हलमा आयोजित लागु औषध विरुद्धको सचेतामुलक तथा अन्तरक्रियात्मक कार्यक्रममा भेला भएको थियो ।

हलमा उपस्थित सबैजनालाई सम्बोधन गर्दै नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईले लागु औषध विरुद्धको अभियानको समर्थनका लागि यस कार्यक्रम आयोजना भएको बताए । उनले आगामि दिनमा यस अभियानलाई निरन्तरता दिई नगरपालिकालाई दुर्व्यशन युक्त बनाउने योजना नगर युवा परिषद्ले राखेको जोडे ।

सचेतनामुलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेका लागुऔषध अभियानका विज्ञ अभियान्ता तथा परामर्शकर्ता अच्युत सिटौलाले लागु औषध नियन्त्रणमा स्थानीय सरकार मार्फत कार्यन्वयन गर्न सकिने प्रभावकारी नीति तथा कार्यक्रमबारे अन्तरक्रियात्मक प्रस्तुतिकरण पेश गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले सम्बोधन गर्दैै  लागु औषध नियन्त्रण तथा पूनर्स्थानपनामा नगरपालिकाको चासो रहेको बताउदैँ यसको दिर्घकालिन समाधानका लागी आवश्यक नीति निर्माण प्रक्रियामा नगरपालिका रहेको जानकारी दिनु भयो ।

यस्तै कार्यक्रममा नगरपालिका वडा नं ०७ स्थित ट्रुनग्राम ईन्टरनेसनल स्कुलका विद्यार्थिहरुले सचेतामुलक नाटक प्रस्तुत गरेका थिए । नाटकले दिएको सन्देशलाई नगरप्रमुख, उपप्रमुख तथा कार्यक्रममा उपस्थित सबै दर्शकले समर्थन गर्दै विद्यार्थिहरुको क्षमता र मेहनतको कदर समेत गरे ।

साथै कार्यक्रममा नगर युवा परिषद्का सदस्य “प्रफेसर ट्रिक्स” का नामले चर्चित विशाल लिम्बुले  लागु औषध विरुद्धको गित प्रस्तुत गरेका थिए ।

‘ड्रग डे’ भनेको के हो ?

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस लागुऔषध दुरुपयोग र अवैध लागूऔषध व्यापार विरुद्धको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दिवस हो । यो सन १९८९ देखि हरेक वर्ष जुन २६ मा मनाइन्छ। जुन २६ लाई लिन जेक्सुले हुमेन, गुआंगडोङमा अफिमको व्यापार उन्मूलन (चीनमा पहिलो अफिम युद्ध अघि) गरेको सम्झनामा मनाईने गरिन्छ । यस दिवस ७ डिसेम्बर १९८७ को महासभाको प्रस्ताव ४२\११२ द्वारा स्थापित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय