बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा सडक स्तरोन्नति भएको छ। साततले मानबहादुर मार्ग र आकाशेधारा राम मंदिर सडक खण्ड अन्तरगतको आकाशेधारा-राम मंदिर सम्मको बाटो ढलान र कालोपत्र गरे संगै वडाको सडकमा सुधार आएको हो।
वडाको निकै चहलपहल रहने चोक आकाशेधारा क्षेत्रमा करीव १ कि.मी. सडक ढलान र कालोपत्रेको काम सकिएको छ।
आकाशेधारा चोक देखि राम मंदिर जाने उकालो आधा खण्डको ५१३ मिटर बाटो कालोपत्रे भएको छ भने राम मंदिर जाने उकालो को बाँकि खण्डको १२० मिटर बाटो र चोक देखी मितेरि पुल जाने बाटोको ४३ मिटर बाटो ढलान काम भएको छ।
दैनिक ३ हजार भन्दा बढि मानिस चहल पहल हुने यस चोकमा सडकको स्थिति विगत ५ बर्ष देखी अस्तव्यस्त रहेको थियो। सार्वजनिक तथा निजि सवारी साधनको निकै आवत जावत हुने सडक बर्षाको समयमा हिलोको कारण सडक जाम, दुर्घटना जस्ता समस्याले दुःख खेप्नु परेको तितो अनुभव एक स्थानीयले बूढानीलकण्ठ न्युज संग बाँडे।
अहिले गरीएको सडक स्तरोन्नतिको काम बाट थप सुविधा पाएको महसुस भएको र सडक संरक्षणको लागी स्थानियको सधै साथ-सहयोग रहने भन्दै वडालाई पनी आवश्यक कदम चाल्नको लागि स्थानीयले अनुरोध गरेका छन्।
सडक डिभिजन कार्यलयको योजना अन्तर्गत रहेको साततले मानबहादुर मार्ग र आकाशेधारा राम मंदिर सडक खण्डको ८०% काम सक्किएको छ। आर्थिक बर्ष २०७२\७३ मा सुरु भएको योजनाको काम ५ बर्ष पछि बल्ल सम्पन्न भएको वडा अध्यक्ष नवराज भट्टराई बताँउनुहुन्छ। भट्टराईले यस कार्यलाई समयमै सक्काउनको लागि विगतमा स्थानीय तथा वडा बाट निकै पहल गरेको र आवश्यक बखतमा डेलिगेसन सम्म धाएको यथार्थ सुनाउनु भयो।
अझै पनि सडकको केहि खण्डमा कालोपत्रेको काम पातलो भएकोले त्रुटि भएको खण्डहरुमा थप ओभरल्यापिङको काम गर्न वडा, ठेकेदार र सडक डिभिजन कार्यालय बिच संझौता भएको छ।