बूढानीलकण्ठ, असार ११ गते ।
नेपाल नगरपालिका संघ द्वारा https://muannepal.org.np/update_category/notices/ वेवसाईटमा असार १० गतेको ‘नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्ने र नगर्ने सम्पुर्ण नगरपालिकाको विवरण” शिर्षकमा प्रकाशित सुचना अनुसार यस बूढानीलकण्ठ नगरपालिकाको पनि नाम उल्लेख भएको हुँदा बूढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण भएको छ ।
बूढानीलकण्ठ नगरपालिकामा असार ०९ गते बिहान ७ बजे बाट नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पुर्ण नगरसभा सदस्य, प्रमुख प्रशासकिय अधिकृत, शाखा\महाशाखा प्रमुख लगायत पत्रकारहरुको उपस्थितिमा नगरसभा सञ्चालन भएको थियो ।
उक्त नगरसभाको BUDHANILKANTHA NEWS फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रशारण भएको हुँदा नेपाल नगरपालिका संघलाई आवश्यक छानबिनको लागि अनुरोध गर्दै प्रकाशित विवरण सच्चाईदिनुहुन नगर प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले आग्रह गर्नु भएको छ ।