बूढानीलकण्ठ, असार ०७ गते । 

सिप सिकौँ, सिपको सदुपयोग गरि उद्यमी बनौँ” भन्ने मुल नाराका साथ उद्योग स्थापना गरि रोजगारका अवसर सिर्जना गर्ने गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’को उप-प्रमुख अनिता लामाको नेतृत्वमा आजबाट अनुगमन सुरु भएको छ ।

बूढानीलकण्ठ उद्यम विकास समिति मार्फत विभिन्न वडाका सिप सिक्न ईच्छुक समुहमा संचालन भएको तालिमहरुको अनुगमन सुरु भएको हो ।

मेडपाको आर्थिक वर्ष २०७८\७९ को कार्यक्रम अन्तर्गत संचालन भईरहेको १० दिने तरकारीखेति तथा पशुपालन तालिम , १५ दिने बेकरी एड्भान्स तथा आधारभुत तालिम र १ महिने कफि बारिष्टा तालिमको आज उप-प्रमुख अनिता लामाको नेतृत्वमा अनुगमन भएको थियो ।

उद्यम विकास समितिले मेडपा कार्यक्रम मार्फत नगरपलिकामा ८० वटा उध्यमी तयार पार्ने लक्ष्य लिएको छ।

उप-प्रमुख लामा सहित उद्योग पर्यटन शाखा प्रमुख भोला ढुङ्गाना, उद्यम विकास सहजकर्ता जनार्दन मिश्रको संयुक्त टोलिले अनुगमन मार्फत प्रशिक्षणको प्रभावकारीता निरिक्षण गर्नु भएको थियो । तालिम पश्चात सञ्चालन गर्न सकिने सम्भावित योजनाहरु बारे उप-प्रमुख लामाले प्रशिक्षार्थिहरु सँग अन्तरक्रिया समेत गर्नु भयो ।

वडा नं ०९ र १० का संयुक्त कफि बारिष्टा तालिम लिईरहेका २३ जना समुहको जागरुकता र उत्साह देखेर निकै गर्व लागेको बताउँदै तालिममा सिकेका सिपको सहि सदुपयोग गरी आफ्नै व्यवशाय सञ्चालन गर्न उहाँले सबैलाई आग्रह गर्नु भएको थियो ।

“सँगै तालिम लिईरहनुभएका प्रशिक्षार्थिहरुले एकिकृत समुह बनाएर व्यवशाय दर्ता गर्दा धेरै क्षेत्रमा फाईदा हुन सक्छ, लामाले बताउनुभयो “यसमा आवश्यक सहयोग र सहकार्यका लागि नगरपालिकाको तर्फबाट हामि सधै तयार छौँ” ।

अनुगमनकै क्रममा १ महिने कफि बारिष्टा तालिम लिईरहेका विद्यार्थिहरुले तालिम पश्चात ‘कफि सप’ खोल्न आफुहरुले ५ जनाको समुह बनाईसकेको बताउँदै यसको दर्ता प्रक्रियाबारे सजहिकरण गरिदिनुहुन उद्यम सहजकर्ता जनार्दन मिश्रलाई अनुरोध गरे । यस्तै १५ दिने तरकारि तथा पशुपालन तालिम लिईरहेका महिला समुहहरुले आफुहरुमा सिप र क्षमता वृद्दि भएको बताए । उनिहरुको तरकारी व्यवशाय गर्दै आत्म निर्भरहुने सोच छ ।

के हो मेडपा कार्यक्रम?

गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित यस कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ । यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग पनि गर्ने गरेको छ ।

८० जना नयाँ उद्यमी सिर्जना गर्ने र भईरहेका उद्यमीहरुको स्तरउन्नती गर्ने लक्ष्य रहेको कार्यक्रम अन्तर्गत उद्यमशिलता विकास तालिम, सीप विकास तालिम, वित्तिय संस्थामा पहुँज, उपयुक्त प्रविधि पहुँज र बजारीकरणमा सहयोग गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय