बूढानीलकण्ठ, असार ०७ गते ।
बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी विकास निर्माण कार्यमा सक्रिय रहेका छन् ।
निर्वाचित भएर आएदेखिनै नगरको हितका लागि पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएका उहाँले खानेपानि क्षेत्रमा होस् या सडक, ढल अथवा खोलानाला सबै क्षेत्रको दिगोविकासका लागि सक्रियताका साथ लागि परिरहेका छन् ।
हाल नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा भइरहेको छ । भ्याए सम्म विकास निर्माण कार्यहरुको अनुगमनमा आफै पुग्ने गरेका छन् ।
सोहि क्रममा प्रमुख अधिकारीले मंगलबार वडा नं १३ स्थित चिहाने खोला देखि तल्लो घट्ट चोक सम्म भईरहेको सडक कालोपत्रेको अनुगमन गर्नु भएको थियो ।
त्यहाँको सडक कालोपत्रेको अवस्था र कार्य सम्पादनबारे निरिक्षण गर्दै उहाँले मापदण्ड अनुसार सडकको स्तरोन्नतिमा ध्यान दिनुहुन सम्बन्धित उपभोक्ता समिति सँग अनुरोध गर्नु भयो ।
बागमति प्रदेश सरकारको विनियोजित बजेट ५० लाखमा सुरु भएको सडक कालोपत्रे योजनको मापदण्ड अनुसारनै भईरहेको उपभोक्ता समिति सचिव देवराज के.सि. ले दावि गरे । योजना मौसमले साथ दिए सम्म ३ दिनको समयमै सम्पन्न गर्ने उहाँले प्रमुख अधिकारीलाई बताँउनुभयो ।
उक्त निरिक्षणमा नगर प्रमुख मिठाराम अधिकारी सहित, वडा नं १३ निवर्तमान अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयको उपस्थिति रहेको थियो ।