बूढानीलकण्ठ, असार ०६ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ स्थित श्री गणेश माध्यमिक विद्यालयमा चुनावि प्रकृया बाट विद्यालय नेता र उपनेता अर्थात Captain र Vice-Captain छनौट गरिएको छ ।

विद्यालयको नेता पदमा कक्षा ०९ कि युनिशा अधिकारी १२८ मतले निर्वाचित भएकि छिन् भने उनका निकटनम प्रतिद्वन्दि कक्षा ०९ कै दर्वराज बरालले ११६ मत प्राप्त गरेका थिए ।

यस्तै उपनेता पदमा कक्षा ०८ कि बिनिता तामाङले १५६ मत प्राप्त गरेर विजयि भएकि छिन् । उनका निकटनम प्रतिद्वन्दि सुजन बस्नेतले १५५ मत प्राप्त गरेर जम्मा १ मतान्तरले पछि परेका थिए ।

विद्यार्थिहरुलाई निर्वाचन प्रणालिका बारेमा व्यवहारीक ज्ञान प्रदान गर्नका लागि चुनाव सञ्चालन भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

 

चुनाव असार ०५ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक/शिक्षिका, अध्ययनरत विद्यार्थि, भुतपुर्व विद्यार्थि समुह लगायतको सक्रियतामा आयोजना भएको थियो ।

उक्त निर्वाचनमा नेतापद का लागि ८ जना उम्मेद्वार थिए भने उपनेता पदका लागि ५ जना उम्मेद्वारहरुको नाम दर्ता भएको थियो । उम्मेद्वारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको थियो । जसमा नेता पदमा निर्वाचित युनिशाले ‘टोपि’ चिन्ह बाट चुनावमा भाग लिएकि थिइन भने उपनेता विनिता तामाङले ‘ताल्चा’ चिन्ह लिएकि थिईन ।

मतदाता संख्या ४५८ जना थिए । जस मध्य कक्षा ३ देखि १० सम्मका विद्यार्थि, शिक्षक/शिक्षिका तथा विद्यालय कर्मचारिहरु समेतले मतदान गर्न पाउने प्रावधान थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय