एस.के.वाई.सी. यु-१८ फुटसल प्रतियोगिता सम्पन्न भएको छ। बूढानीलकण्ठ नगरपालिका वडा नं ०९ स्थित श्री कुमारी युवा क्लबको आयोजनामा भएको यस प्रतियोगिताको उपाधी आयोजक समुह श्री कुमारी युवा क्लबले नै हाँसिल गर्न सफल भएको छ।
सनिवार भएको फाईनल खेलमा श्रि कुमारी युवा क्लव र द वारियर फुटसलले २-२ को बराबरी खेले पछि टाई ब्रेकरमा पुगेको खेलमा श्रि कुमारी युवा क्लवले प्रतिस्पर्धि टिम संग ४-३ गोल अन्तरले जित हाँसिल गरेको हो।
रेभ फुटसल मैदानमा सञ्चालन भएको प्रतियोगितामा काठ्माडौंको विभिन्न क्षेत्रबाट ३२ वटा फुटसल टिमहरु सहभागि भएका थिए। प्रतियोगिता शुक्रवार र सनिबार गरि दुई दिन सम्म सञ्चालन भएको थियो।
प्रतियोगिताको विजेता समुहलाई रु.५०,०००\- र उप विजेता समुहलाई रु.२५,०००\- नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र सहित सम्मान गरीएको थियो। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि प्रकाश बि.क. र उत्कृष्ट गोल रक्षक दिपेश सापकोटालाई नगद तिन-तिन हजार तथा मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो।
वडा नं ०९ को श्रि कुमारी युवा क्लबले “युवा विकासको लागि खेलकुद” को नारा सहित आयोजना गरेको प्रतियोगितालाई नगरपालिकाको तर्फ बाट नगद पुरस्कारको सहयोग पाएको क्लब अध्यक्ष निरज थापाले जानकारी दिए।
प्रतियोगिताको समापन कार्यक्रममा उपस्थित नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरपालिकाको खेलकुद र युवा क्षेत्रमा हुने विकासलाई थप सहयोग गर्न वडा नं ०९ को श्री कुमारी युवा क्लबको आफ्नै भवन निर्माण गर्ने योजना बनाउने तयारीमा रहेको बताउनु भएको थियो।