बूढानीलकण्ठ नगरपालिका युवा सशक्तिकरण र विकासमा थप क्रियाशिल हुदैँ छ।

कुल जनसंख्या मध्य  ४३.७% (अनुमानित) युवा जनसंख्या भएको बूढानीलकण्ठ नगरपालिकामा ३० वटा युवा क्ल्बहरु क्रियाशील छन्। युवा समुहहरु सकृय रहेता पनी आवश्यक क्षमता विकासको अभावमा पूर्ण क्षमताको साथ क्रियाशिल हुन भने नसकेको स्थिति रहेको छ।

नगरपलिकाले आवधिक वा वार्षिक योजना तर्जुमा कार्यान्वयन गर्दा युवा विकासमा देखा परेका सम्स्याहरुलाई समावेश गरी युवा सहभागिता सुनिश्चित गर्दै आएको छ। युवा विकासका लागि विभिन्न कार्यक्रम तथा बजेट विनियोजन गरीएको छ।

उनीहरुको शिक्षा, स्वास्थ्य, नेतृत्व विकास र उध्यमशिलतामा सहयोग पुर्याउन युवा सिप विकास तालिम, नेतृत्व विकास तालिम, अनुभव आदान प्रदान कार्यक्रम, युवा क्लबलाई सहयोग गर्ने लगायत विभिन्न योजनाहरु बनेका छन्।

युवा गुणस्तर तयार भइसकेपछि ईनोभेटिभ र प्रविधि संग परिचित युवाहरुलाई नगरको सुशासन प्रवर्द्धन लगायत विभिन्न विकास गतिविधिमा परिचालन गर्ने अवसर प्रदान गर्दै आईरहेको छ।

नगरपालिकाले युवा विकास र युवा शक्तिको गुणस्तर उत्पादन गर्न प्रथम आवधिक नगर विकास योजना (२०७७/०७८ – २०८१/०८२) अन्तर्गत युवा विकासमा ५ वर्षको अवधीमा गरिने विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूको कार्यान्वयनको लागि  ४,८८,४२,०००/- रुपैँया बजेट अनुमान गरेको छ।

आवधिक नगर विकास योजना अन्तर्गत नगरपालिकाले ५ बर्षमा ९० जना युवाहरुले उद्धमशिलताको तालिम प्राप्त गर्ने, युवा समितिहरुको ४० प्रतिशत युवा नेतृत्व विकास हुने, ३५ प्रतिशत सिप युक्त र दक्ष युवा जनशक्तिको विकास हुने तथा १० प्रतिसत समाजिक संस्थामा आवद्ध युवाहरुको विकास हुने लक्ष राखेको छ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय