बूढानीलकण्ठ नगरपालिका धार्मिक तथा मौलिक कला, संस्कृति र सम्पदाका दृष्टिले उपत्यकाकै गौरव गर्नलायक नगरपालिका मध्येमा पर्दछ । भौगोलिकरूपले उपत्यकाको उत्तरी भेगमा रहेको यस नगरपालिकामा सांस्कृतिक विविधताका निकै महत्वपुर्ण हिस्साहरु छन् ।

प्रसिद्ध धार्मिक स्थल बूढानीलकण्ठ मंदिर, कपन गुम्बा, पाटिपौवा, सत्तल, शिवपुरी राष्ट्रिय निकुञ्ज देखि नेवार, तामाङ्, ब्राम्हिन, क्षेत्रि, राई जस्ता विभिन्न जातजातीको परम्परागत रुपमा मनाउने जात्रा,  तामाङ्गसेलो, साकेला, भजन कृतनहरु यहाँको सभ्यताको महत्वपुर्ण अवयव हुन् ।

यहाँका महत्वपुर्ण कला, संस्कृति र सम्पदाको संरक्षण, प्रवर्धन र व्यवस्थापनको लागी नगरपालिकाबाट बिभिन्न किसिमका प्रयासहरु भई रहेका  छन् । वडा, गुठि, संरक्षण समिति लगायत व्यवस्थापन समितिहरुलाई प्रचलित नियम र मापदण्ड अनुरुप व्यवस्थापन र पूनःनिर्माणका अधिकार दिनुका साथै नयाँ पुस्तालाई प्रशिक्षण दिने र अग्रजहरुको पर्यवेक्षणमा उनिहरुलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यहरु हरेक समुदायले गर्दै आएको पाईन्छ ।

हामिले पनि यहाँको धार्मिक सम्पदा संरक्षण तथा पर्यटन प्रवद्धन गर्ने जमर्कोका साथ एक भिडियो निर्माण गरेका छौँ ।

हेरेर प्रतिक्रिया दिनुहोलाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय