बूढानीलकण्ठ, ज्येष्ठ २५ गते । 

बूढानीलकण्ठ नगरपालिकाबाट विभिन्न याेजनाहरूकाे नियमित अनुगमन गर्ने कार्य भईरहेकाे छ ।

उपप्रमुख अनितालामाको संयोजकत्वमा गठित अनुगमन टाेलीले हाल सम्म वडा नं. १ देखि ८ सम्मका २९ वटा याेजनाहरूकाे अनुगमन गरेका छन् । यस अन्तर्गत ढल तथा मंगल निर्माण तथा व्यवस्थापन, सडक ढलान, ह्युम पाइप राख्ने, रिटेनिङ वाल निर्माण, भवन मर्मत र मन्दिर संरक्षणका याेजनाहरू रहेका थिए । अनुगमन  ज्येष्ठ १९ गते बाट सुरु भएको थियो ।

स्थानीय निर्वाचन २०७९ का कारण चैत्र महिना देखि स्थगित भएको योजना अनुगमन तथा सुपरिवेक्षण कार्य नवनिर्वाचित जनप्रतिनिधिहरु आए सँगै पूनः सुचारु भएको हो । 

नगरपालिकामा सम्झौता भएका योजनाहरु सम्पन्न भएपश्चात भुक्तानिका लागि पेश गरिएका योजनाहरुको अनुगमन गरिरहेका छौँ, संयोजक अनिता लामाले जानकारी दिनुभयो,”हाल सम्मका सुपरिवेक्षणमा ९० प्रतिशत योजनाहरु मापदण्ड र गुणस्तर अनुसार सम्पन्न भएको पाईयो र केहि योजनाहरुको हकमा स्तरोन्नति गर्नु पर्ने देखिएको छ” ।

उहाँले जोड्नुभयो, “गुणस्तर पुगेका योजनाहरुलाई भुक्तानिको लागि सिफारिस गरिएको छ र बाँकि योजनाहरुको हकमा आवश्यक स्तरोन्नतिका कार्यहरु सञ्चालन गर्न निर्देशन दिएका छौँ ।

नगर कार्यपालिका सदस्यको निर्वाचन पश्चात पहिलो कार्यपालिका वैठकबाट योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन गरिएको थियो । जसमा उपप्रमुख अनिता लामा संयोजक छन् भने वडा नं १० सदस्य चन्द्रमान श्रेष्ठ, वडा नं ०१ सदस्य नविन श्रेष्ठ, योजना शाखा प्रमुख बसन्त के.सी. र शहरी पूर्वाधार विकास महाशाखा ईन्जिनियर गरि ५ जना सदस्य छन् ।

याेजना शाखा सदस्य-सचिवकाे भूमिकामा रहने गर्छन् भने प्राविधिक शाखाले प्राविधिक पक्षहरूकाे जाँच गर्दछन ।

यस समितिकाे मुख्य कार्य गुणस्तरयुक्त काम भए नभएकाे हेर्ने हाे । अनुगमन गर्ने क्रममा उपभाेक्ता समितिका अध्यक्ष, सचिव, काेषाध्यक्ष, सदस्य वा लाभान्वित व्यक्तिहरूकाे उपस्थिति अनिवार्य हुन्छ । 

याेजना कार्यान्वयन हुने क्रममा वडामै रहेका आन्तरिक अनुगमन समितिहरूबाट पनि निरीक्षण र अनुगमनकाे कार्य हुने, र ती सबै अनुगमनलाई पनि अनुगमन गर्ने काम यस समितिकाे रहेकाे याेजना शाखा प्रमुख वसन्त के.सी. ले जानकारी दिनुभयो । 

अनुगमन कहिले गरिन्छ त ?

उपभाेक्ता समितिले याेजना सम्पन्न भएपश्चात अनिवार्य रूपमा आफ्नाे कार्य सम्पन्न भएकाे माइन्युट सहित सुचना वडामा बुझाए पछि वडाबाट याेजना सम्पन्न भएकाे शिफारिस प्राप्त हुन्छ । 

ततपश्चात, नगरपालिकाले सम्बन्धित वडाकाे प्राविधिकलाई मूल्यांकन गर्नका लागी ताेकआदेश दिन्छ र साेही मूल्यांकनकाे प्रतिवेदन (आवश्यक याेजनाहरूमा ल्याब रिर्पाेट सहित) आएपछि मात्रै याेजना महाशाखाले अनुगमनकाे सुचीमा राख्छ ।

अनुगमनकाे सुचीमा रहेका याेजनाहरूलाई तालिकाबद्द रूपमा राखी कम्तीमा १ जनप्रतिनिधी, याेजना शाखा र प्राविधिक शाखाका १/१ जनाकाे टाेली हप्तामा २ दिन नियमित रूपमा र आवश्यक्ता अनुसार थप अनुगमन पनि गर्छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय