२०७७ जेष्ठ २२ गते विश्व वातावरण दिवसको अवसरमा “पृथ्वीको संरक्षण; दिगो प्रकृती मैत्री जीवनयापन ” नाराका साथ बूढानीलकण्ठ नगरपालिकामा बृहत सरसफाइ कार्यक्रम संचालन गरिदै छ। अङ्ग्रेजी पात्राेकाे जुन महिनाकाे ५ तारिख हरेक विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

यस दिवसकाे अवसरमा नगर प्रमुख मिठाराम अधिकारीकाे प्रमुख आतिथ्यतामा वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, वातवरण शाखा कर्मचारीहरू, राजनैतिक दलका प्रतिनिधीहरु, सामाजिक संघ-संस्थाहरुका सदस्यहरु लगायतले स्थानीयहरू संगकाे समन्वयमा च्यासुण्डोल चिनारी पार्कमा सरसफाइ गर्ने छन । साथै, जेष्ठ २३ गते अनुकुल रहेसम्म सार्वजनिक स्थानमा वृषराेपण गर्ने कार्यक्रम समेत रहेकाे छ ।

त्यसैगरी, हरेक वडामा टोल समिति, महिला समुह, राजनिति दल, विद्यालय, प्रतिष्ठान, क्लब,धार्मिक संघ संस्थाहरु, सामाजिक संघ-संस्थाहरुका सदस्यहरु, नगरपालिका भित्र बाट निर्वाचित संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधीहरुलाइ आ-आफ्नाे घर टाेल सफा गरी नगरपालिकाकाे बृहत सरसफाइ कार्यक्रमलाइ सफल बनाउन नगरप्रमुख अधिकारीले हार्दिक अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय