बूढानीलकण्ठ, ज्येष्ठ १९ गते ।
बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद द्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको छ ।
युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेकोले इच्छुक १६ २४ उमेर समुहका युवाहरुले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा आफ्नो नाम गर्ता गर्न सक्नुहुनेछ ।
प्रतियोगितमा उत्कृट ३ जनालाई नगद पुरस्कार दिईने आयोजकले जनाएको छ ।
कार्यक्रमको थप विवरणः
१. वक्तृत्वकलाको विषय सिर्जनशिलता र उद्यमशिलता प्रवर्द्धन बागमतीमा युवा सशक्तिकरण रहेको छ ।
२. १६- २४ उमेर समुहका युवाहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।
३. १ महिला र १ पुरुषलाई छनौट गरिनेछ ।
४. जिल्लागत रुपमा प्रथम हुने १ महिला र १ पुरुषको लागि प्रतिव्यक्ति रु. ३०००/- पुरस्कारको व्यवस्था गरिएको छ ।
५. जिल्लागत रुपमा प्रथम भएका १ महिला र १ पुरुषले तोकिएको मितिमा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन जसको पुरस्कार राशी निम्नानुसार हुनेछ ।
(क) प्रथम पुरस्कार: रु. ३०,०००/- (अक्षेरुपी रु. तीस हजार मात्र)
(ख)दोस्रो पुरस्कार: रु. २५,०००/- (अक्षेरुपी रु. पच्चिस हजार मात्र)
(ग) तेस्रो पुरस्कार: रु. २०,०००/- (अक्षेरुपी रु. बिस हजार मात्र)
(घ) सान्त्वना पुरस्कार: रु. १०,०००/- (अक्षेरुपी रु. दश हजार मात्र)
६. सहभागी हुने स्थानीय निकायको केन्द्रः (क) काठमाडौं केन्द्र: मिति २०७९ / ०२ / २७ गते बिहान १०.०० बजे ।
७. प्रदेश स्तरीय प्रतियोगिता मिति २०७९/०३/०४ गते बिहान १०.०० बजे हेटौडा मकवानपुरमा सञ्चालन गरिनेछ ।
८. प्रतियोगिताका बारेमा बुझ्न परेमा ९८५५०६५२५१ वा ९८५१०१३८९१ मा सम्पर्क गर्न सकिनेछ ।