बूढानीलकण्ठ । साहित्यीक, सांस्कृतिक समूह ‘जेसुम’ टीमले आज बूढानिलकण्ठ नगरपालिका नवनिर्वाचित प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामालाई नेवारी परम्परा अनुसार सगुन दिई शुभकामना व्यक्त गरेको छ ।

‘देशभित्रै घुमौं, देशलाई चिनौं’ भन्ने नारा सहित सकरात्मकताका लागि जेसुम अभियान भनी आजभन्दा ३ वर्ष अघि सुरु गरिएको यस अभियानकी संयोजक अनिता लामा बूढानिकलकण्ठ नगरपालिकाका उपप्रमुख पदमा गएको बैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएपछि यो समूहले कार्यालयमा प्रमुख उपप्रमुख दुवैलाई भेट गरि शुभकामना बधाई दिएको हो ।

कला, साहित्य र रङ्गमञ्चको सम्मिश्रणबाट सञ्चालित जेसुम अभियान नेपालभित्रका स्थानीय कला, संस्कृति, सम्पदा, भाषा र सभ्यताको पहिचान, प्रसार तथा जेसुम अभियान लागि सञ्चालित एक सकरात्मक अभियान हो ।

हामी अनावश्यक भड्किलो संस्कृतिको पक्षमा कहिल्यै छैनौं त्यसकारण आज हामीले यहाँहरूलाई बधाई ज्ञापन गर्न अबिर, माला र खादा केही पनि ल्याएनौं, नेवारी संस्कृति अनुसार अण्डा र माछा तारेर सगुनले शुभकामना दियौं । जेसुम अभियन्ता तथा वरिष्ठ साहित्यकार स्नेह सायमीले यो भावना व्यक्त गरिरहनुहुँदा अर्का अभियन्ता तथा चित्रकार दिपेन्द्र बनेपालीले प्रमुख, उपप्रमुखलाई सगुन दिनुभयो, सबैले एकैसाथ तालि पिटेर शुभकामना व्यक्त गरे ।

जेसुम अभियन्ता तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले राष्ट्रिय संस्कृति निर्माणको लागि जेसुम अभियान एक खुल्ला अभियान भएको र अभियानकी संयोजक नै जनप्रतिनिधि हुनुभएपछि गौरवका साथ नगरको सांस्कृतिक उन्नयनमा लाग्नसकिने भावना व्यक्त गर्नुभयो ।

यस्तै जेसुम अभियन्ता तथा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतल बूढानिलकण्ठ नगरपालिका आफैमा एक सौन्दर्य र संस्कृतियुक्त नगर भएकोले बूढानिलकण्ठ हरेक दृष्टिकोणबाट ब्राण्डिङ गर्नुपर्ने हुनाले यस्तो अभियानले सकरात्मक योगदान गर्नसक्ने बताउनुभयो ।

अभियान्ता स्नेह सायमिले परस्परामा सबै प्रतिभा र स्थानीय संस्कृतिलाई एक आपसमा एकीकृत गराउँदै समाजलाई सकरात्मक दिशावोध दिन यस्ता अभियानहरू र आउने दिनमा बूढानिलकण्ठको संस्कृति र सौन्दर्यतालाई पृष्ठमा पार्नेगरि राष्ट्रिय स्तरको कला साहित्यक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न यस नगरपालिकाले कार्यक्रम तथा योजना बनाइदिए निःशुल्क योगदान गर्न यो टीम तयार रहेको बताउनुभयो ।

अभियन्ता तथा साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बुले नगरपालिका स्तरको कला, साहित्य, भाषा, संस्कृतिको क्षेत्रमा यथेष्ट काम गर्न एउटा एकेडेमी स्थापना गर्नका लागि आगामी योजनामा प्रस्ताव गर्न सुझाव पेश गर्नुभयो ।

उपलब्ध सबै राय, परामर्शहरु सहित नगरपालिकालाई सांस्कृतिक नगर बनाउन आफूहरू लागिपर्ने र समय समयमा यस्ता विषयहरूको योजना र परामर्शहरू उपलब्ध गराइरहन अनुरोध सहित नगरपालिकाका प्रमुख तथा उपप्रमुखले जेसुम अभियान एक सांस्कृतिक अभियान मात्र नभएर मानव सभ्यताको सकरात्मक रूपान्तरण र सामाजिकीकरणका लागि महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो र अभियान सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय