बूढानीलकण्ठ नगरपालिकाले ईलेक्ट्रोनिक  बोलपत्र आव्हान गरेको छ। नगरपालिकाले योग्य बोलपत्र दाताहरुलाई राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र निर्देशिका अनुसार नगरको विभिन्न ठाँउमा भौतिक निर्माण कार्यहरुको लागि बोलपत्र आव्हान गरेको हो। 

नगरपालिकाको विभिन्न वडामा हुन लागेको सडक तथा पुल निर्माण कार्यको लागि मिति २०७७\१०\२१ गते ईलेक्ट्रोनिक विडिङ् बोलपत्र आव्हानको सुचना प्रकाशीत भएको हो।

बूढानीलकण्ठ नगरपालिका वडा नं ०४ मा कुल  रु.१,९१,९९,२५४/- बजेटको विष्णुमतिबाट चन्डेश्वरी जाने बाटो सम्मको सडक, ढल र पर्खाल को लागि टेण्डर आव्हान गरिएको छ। वडा नं ०५ को  चिसेनी उकालो रोडको ढल तथा पर्खालको लागि रु.१,९२,४१,७०९/- को  रहेको छ।

वडा नं ०२ को निर्मला आक्ष्रम देखि कालिका चौर सम्मको बाटो निर्माणको लागि  रु.१,९४,५९,८९३/- को आव्हान भएको   र धनगाँउ देखि गोलफुटार सडक सम्मको  पुल (कल्वर्ट) को लागि रु.२१,५०,१९६/- को रहेको सुचना नगरपालिकाले दिएको छ।

बोलपत्रको आवश्यक कागजातको लागी सार्वजनिक खरीद अनुगमन कार्यालय को वेवसाईट www.bolpatra.gov.np./egp बाट खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ।

यस बिषयमा थप जानकारीको लागी नगरपालिका कार्यलयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ। 

 

तस्विरः (थप जानकारी को लागी)


 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय