बूढानीलकण्ठ, ज्येष्ठ १७ गते ।

बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते (आज) मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन भएको छ ।  

आज बिहान ७ बजे बाट नारायणस्थान मंदिर बाट कलश-यात्रा प्रारम्भ गरि महायज्ञको सुरुवात भएको हो । कलश यात्रा नारायणस्थान मंदिर बाट सुरु भई वडा नं ०२ वासिकुँ हुँदै तारेभिर नारायणडाँडामा रहेको नारायण पाञ्चायन मन्दिर सम्म पुगेको थियो । 

 

 

 

 

 

कलश यात्रामा धार्मिक समुह, ज्येष्ठ नागरिक, युवा वर्ग,  लगायत विभिन्न समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । नेवारी बाजा, ढिमे, पञ्चेबाँजा, बैंड बाजा सहित यात्रामा  बालबालिकाहरु समेत मनोरञ्जन लिदैँ हिडिरहेका थिए।

पुरातात्विक महत्व रहेको नारायण पाञ्चायन मन्दिरमा २०० वर्ष भन्दा पहिले स्थापना भएका ऐतिहासिक मुर्तिहरु छन् ।

नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धन गर्ने मुल उद्देश्यका साथ सुरु भएको यस अभियानमा वडा नं ०३, वडा नं ०२ लगायत बूढानीलकण्ठ संरक्षण समिति, बूढानीलकण्ठ सुधार समाज जस्ता विभिन्न समाजसेवि समुहहरुले प्रत्यक्षरुपमा सहयोग गरिरहेका छन् । यस प्रसिद्ध धार्मिक स्थललाई पर्यटकिय हिसाबले प्रवर्धन गर्नका लागि अन्य थुप्रै योजनाहरु सञ्चालन हुन लागेको पनि उनिहरुले बताएका छन् । 

विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै महत्वपूर्ण रहेकाे नारायण पाञ्चायन मन्दिर निर्माण तथा व्यवस्थापन समिति प्रतिनिधिले बताए। 

यस समाराेहमा धार्मिक तथा सांस्कृतिक महत्व बाेकेकाे यस मन्दिरमा धर्मस्तम्भ स्थापना समेत गरिने भएकाले सम्पुर्ण नगरवासि तथा भक्तजनहरुलाई उपस्थित भईदिनुहुन आयोजक समुहले अनुरोध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय