बूढानीलकण्ठ, ज्येष्ठ १६ गते ।
बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन गरिदै छ ।
विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै महत्वपूर्ण रहेकाे नारायण पाञ्चायन मन्दिर निर्माण तथा व्यवस्थापन समिति प्रतिनिधिले बताएका छन् ।
पुरातात्विक महत्व रहेको नारायण पाञ्चायन मन्दिरमा २०० वर्ष भन्दा पहिले स्थापना भएका ऐतिहासिक मुर्तिहरु छन् ।
यस समाराेहमा धार्मिक तथा सांस्कृतिक महत्व बाेकेकाे यस मन्दिरमा धर्मस्तम्भ स्थापना समेत गरिने भएकाले सम्पुर्ण नगरवासि तथा भक्तजनहरुलाई उपस्थित भईदिनुहुन आयोजक समुहले अनुरोध गरेको छ ।