बूढानीलकण्ठ नगरपालिकाकाे साताै हिँउदे नगरसभा माघ २१ गते सम्पन्न भएकाे छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू र सल्लाहकारहरू, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । राष्ट्रिय गान, सहिदहरू र काेभिड १९ काे संक्रमण तथा अन्य कारणबाट दिवंगत हुन भएका सम्पूर्ण नगरबासीहरूमा श्रद्धन्जली सहित श्रद्दा सुमन व्यक्त गरेपश्चात नगरप्रमुखले कार्यक्रम सुरू गर्नुभएकाे थियाे । 

संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्यक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ । यस हिृउँदे नगरसभामा चालु आ.व. २०७७/०७८ काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मुल्याङ्कन गरिएकाे थियाे । 

 

राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिद्वारा आवश्यक सुधार संसाेधन समेत प्रस्तुत गरिएकाे प्रगति प्रतिवेदन सभाबाट छलफल भइ पारीत भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय