
बूढानीलकण्ठ, ज्येष्ठ १३ गते ।
आर्थिक वर्ष २०७९/०८० काे याेजना तथा विकास कार्यमा सहभागी हुनका लागि आ-आफ्नो टोल, बस्तीहरुमा गर्नु पर्ने योजना तथा कार्यक्रमहरु लिखित रुपमा पेश गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाको समान एंव आवश्यक विकास कार्यका लागि नगरबासी तथा सराेकारवालाहरूकाे सहभागीता निकै महत्वपूर्ण भएकाेले आफ्नो टोल वस्तिहरुको लागि तर्जुमा गर्नुपर्ने नीति, कार्यक्रम, योजनाको नाम, आवश्यक बजेट तथा कार्यक्रमको औचित्यता लिखित रुपमा पेश गरी वार्षिक याेजना तर्जुमामा सहभागी हुनका लागि नगरप्रमुख मिठाराम अधिकारीले सम्पूर्णमा अपिल गर्नु भएको छ ।
नगरवासी तथा सराेकारवालाहरूले यहि जेष्ठ ३० गते भित्र अथवा वडाले तोकेको समय भित्र सम्बन्धित वडा कार्यालयमा आफ्नो योजना पेश गर्नुहुन नगरपालिकाले सुचना मार्फत जानकारी गराएको हो ।
प्रमुख अधिकारीले नगरपालिकाबाट हालसम्म हुदैँ आएको कार्यहरुको विषयमा नगरवासीको सल्लाह तथा सुझाबहरु समेत अपेक्षा राखेको बताँउनु भएको छ ।
आफ्नाे टाेल बस्तीहरूकाे याेजनाका पठाउँदा के-के खुलाउन पर्छ ?
१. तर्जुमा गर्नुपर्ने निति, कार्यक्रम
२. याेजनाकाे नाम
३. आवश्यक बजेट
४. कार्यक्रमकाे औचित्यता