बूढानीलकण्ठ, ज्येष्ठ १२ गते ।
बूढानीलकण्ठ नगरपालिकामा ज्येष्ठ १३ गते भोलि बाट कोभिड-१९ बिरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन हुन लागेको छ ।
यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer/Moderna वा Verocell खोप लगाई ३ महिना पुगेका व्यक्तिहरुका लागि Moderna Vaccine लगाउने कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैलाई जनस्वास्थ्य महाशाखाले जानकारी दिएको हो ।
खोप कार्यक्रम ज्येष्ठ १३ गते देखि ज्येष्ठ २४ गते सम्म सञ्चालन हुने छ ।
नगरपालिका वडा नं १० डिट्ठा चौर स्थित निर्माणाधीन नगर अस्पताल र वडा नं ०६ हात्तिगौडा स्थित शिवपुरी हेल्थ केयर सेन्टरमा गई खोप लगाउनुहुन नगर प्रमुख मिठाराम अधिकारीले अनुरोध गर्नुभएको छ ।