“युवराज दीपेन्द्र पढाईमा तगडा थिए। पढाइ बाहेक उनी अरुमा पनि तगडा थिए। उनको स्वभाव अरु विद्यार्थी जस्तै थियो। पढ्ने, खेल्ने, बद्मासी गर्ने। एउटा विद्यार्थीले जस्तो बदमासी गर्दथ्यो, उसले पनि त्यस्तै गर्दथ्यो। ऊ भद्र भलाद्मी होइन। तर उसले गरेको बदमासी अरुलाई घात हुने प्रकृतिको पनि हुँदैनथ्यो। ऊ चञ्चले विद्यार्थी हो। १५/१६ वर्षको उमेरमा अरुले जे गर्छन्, दीपेन्द्रले पनि गर्ने त्यहि हो।
तर म एउटा कुरा भन्छु। यदि दीपेन्द्र राजा भएको भए नेपालले जनतालाई बुझ्ने राजा पाउँथ्यो। त्यो हामीले गुमायौं’ , ‘दीपेन्द्रलाई जनता बुझ्ने बनाउनु बुढानीलकण्ठको योगदान हो।’
म बुढानीलकण्ठको टिचर भएर आएपछि पनि ऊ भेट्न आउथ्याे। उसलाई पनि म ठूलो मान्छे भन्ने सोच थिएन। ऊ हामी जस्तै साधारण मान्छेको रुपमा प्रस्तुत हुन्थ्यो, युवराज जसरी होइन। दीपेन्द्र राज परिवारको पहिलो सदस्य हो जसले सर्वसाधारणसँग हात मिलाउने, अंकमाल गर्ने गर्दथे। हामी सबै बराबर भन्ने शिक्षा उसलाई बुढानीलकण्ठले दिएको हो।
म फेरि पनि भन्छु: “यदी दीपेन्द्र राजा भएको भए, नेपाली जनताको राजा हुन्थे।”
– किशोर खुलाल (युवराज दीपेन्द्रका बुढानिलकण्ठ स्कुलका सहपाठी एवम् सोही स्कुलका भूतपूर्व प्राध्यापक।)
तस्बिरमा: बुढानिलकण्ठ स्कुलमा पढ्दा शिक्षक गणेश मानन्धरका साथ युवराज दीपेन्द्र।