बूढानीलकण्ठ, ज्येष्ठ १० गते  । 

बूढानीलकण्ठ नगरपालिका प्रशासनिक कर्मचारीहरु द्वारा नवनिर्वाचित नगर प्रमुख र उप-प्रमुखलाई स्वागत गरिएको छ ।

स्थानीय तह निर्वाचन बाट निर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामालाई नगर कार्यपालिकाको कार्यालयमा एक विशेष भेला आयोजना गरि स्वागत गरिएको हो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, प्रशासकिय अधिकृत केदार खड्का लगायत सम्पुर्ण महाशाखा तथा शाखा प्रमुखहरुले फुलमाला र खादा सहित स्वागत गर्नु भएको थियो ।

न्यानो स्वागतलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाको सुशासन कायम राख्न प्रशासनिक सकृयता निकै महत्वपुर्ण रहेकोले यसको प्रभावकारीतालाई निरन्तरता दिन सबै तहबाट सहयोग र सहकार्य गर्दै लैजानेमा जोड दिनु भयो ।

उहाँले नगरपालिकामा कार्यरत सबै क्षेत्रका कर्मचारीहरुको कार्य सम्पादनलाई उच्च मुल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्ने र नराम्रोलाई कार्बाहि गर्ने बताउँनुभयो । नगरवासिहरुलाई प्रशासनिक कार्यहरुमा समस्या आईपर्न नदिने गरि थप नितिहरु निर्माण गरिने उहाँको योजना छ ।

नगर उप-प्रमुख अनिता लामाले आफु जनप्रतिनिधि भएर प्रवेश गरिरहदाँ नगरवासिहरुको काम र समस्यालाई सहज बनाउनुनै आफ्नो कर्म र धर्म दुवै भएको बताउनुभयो । नगरको प्रशासनिक कार्य सम्पादनमा कुनै किसिमको दबाव र प्रभावमा नभई आफ्नो विवेक प्रयोग गरि काम गर्नुहुन सबैलाई अनुरोध गर्नु भयो । बूढानीलकण्ठमा सुशासन कायम राख्न आफुले सक्दो सहयोग गर्ने  प्रतिवद्दता समेत जाहेर गर्नु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले नगरको प्रशासनिक कार्यहरुमा भएका उपलब्धि विवरण प्रस्तुत गर्दै सुशासन उन्मुख प्रशासनिक सेवा प्रदान गर्नको लागि आफ्नो टिम निरन्तर लागि परिरहेको बताउनुभयो । “जनप्रतिनिधिहरुको निति, ऐन र योजनाहरु निर्माण तथा सम्पादन गर्न प्रशासनिक टिम सधै तयार रहने छ” उहाँले जोड्नु भयो ।

सोहि कार्यक्रममा नगरपालिका अन्तर्गतका सबै महाशाखा र शाखा प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा भईसकेका र भईरहेका उपलब्धिहरु विवरण सहित प्रस्तुत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय