नगरपालिकामा माघ २१ गते  ‍‍‍‍साताै नगरसभाकाे बैठक बस्न गइरहेकाे छ । संविधानमा व्यवस्था भए अनुसार प्रत्यक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ ।  

यस नगरसभामा श्रावण देखी कार्यावनयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, कार्यावनयन गर्दाकाे आएका चुनैतीहरू, बजेट थपघट गर्ने, संसाेधन गर्ने कार्यका साथै नयाँ प्रस्तावहरू तथा विभिन्न समितिहरूले प्रस्तुत गरेकाे प्रतिवेदन उपर छलफल  गरिन्छ । 

असारे नगरसभामा वार्षिक रूपमा हुने आर्थिक कार्यक्रमहरू, बजेट तथा अनुमान पारेत गरि वार्षिक कार्यक्रम तयार गरिन्छ भने हिउँदे नगरसभामा आगामी ६ महिनामा कार्यतालिका अनुसार कार्यक्रमहरूलाई  प्रभावकारी तरिकाले संचालन गर्नकाे लागि छलफल गरिन्छ । 

यस आ.व. २०७७/०७८ काे अर्धवार्षिक नगरसभा हुन लागेकाे जानकारी गराउँदै, नगरवासीहरूले सल्लाह सुझाव दिन चाहेमा नगरपालिकाकाे उजुरी पेटी अथवा सामाजिक संजाल मार्फत दिनुहुन नगरप्रमुखले अपिल समेत गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय