बूढानीलकण्ठ, ज्येष्ठ ८ गते । 

बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम प्राप्त भए पस्चात हुने कार्यपालिकाको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय बूढानीलकण्ठले मतदाता नामावली प्रकाशन गरेको हो ।

कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।

नगरपालिकामा तीन जनालाई निर्वाचित गरी कार्यपालिका गठन गर्नुपर्ने नेपालको संविधान अनुसार सो निर्वाचन सञ्चालन हुने अधिकृत चमिला भट्टराईले जानकारी दिनु भयो ।

हेर्नुहोस् को-को छन् मतदाता:

नगर कार्यपालिका अन्तिम मतदाता नामावली

यो पनि पढ्नुहोस्: 

कार्यपालिका भनेको के हो ?

स्थानीय तहको कार्यपालिका कार्यकारिणी अधिकार प्रयोग गर्ने निकाय भएकाले स्थानीय तहको क्याबिनेट हो । सङ्घ र प्रदेशमा क्याबिनेटले निर्णय गरेपश्चात् सो निर्णय राजपत्रमा प्रकाशनपछि कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहको कार्यपालिकाले गरेका निर्णयलाई पनि स्थानीय राजपत्रमा प्रकाशन गरेर पालिकाले कार्यान्वयन गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय