बूढानीलकण्ठ, ज्येष्ठ ०६ गते ।

बूढानीलकण्ठ नगरपालिकामा स्थानीय तह निर्वाचन-१०७९ सम्पन्न भए सँगै कार्यपालिकाको निर्वाचनको तयारी भईसकेको छ ।

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

बूढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले परिणाम आएको २ दिन भत्रनै यसको तयारी सम्पन्न गरी कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।

नगरपालिकामा तीन जनालाई निर्वाचित गरी कार्यपालिका गठन गर्नुपर्ने नेपालको संविधान अनुसार सो निर्वाचन सञ्चालन हुने अधिकृत चमिला भट्टराईले जानकारी दिनु भयो ।

कार्यतालिकाः

?

(यो पनि पढ्नुहोस्….)

कार्यपालिका भनेको के हो ?

स्थानीय तहको कार्यपालिका कार्यकारिणी अधिकार प्रयोग गर्ने निकाय भएकाले स्थानीय तहको क्याबिनेट हो । सङ्घ र प्रदेशमा क्याबिनेटले निर्णय गरेपश्चात् सो निर्णय राजपत्रमा प्रकाशनपछि कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहको कार्यपालिकाले गरेका निर्णयलाई पनि स्थानीय राजपत्रमा प्रकाशन गरेर पालिकाले कार्यान्वयन गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय