विश्व रक्तचाप दिवसकाे अवसरमा बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखादले विश्व रक्तचाप दिवस सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेकाे छ । अभिमुखीकरण कार्यक्रममा नगरपालिका अन्तरगतका कार्यरत स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुकाे उपस्थिति रहेकाे छ ।

 

रक्तचाप निगरानीको महत्त्वमा जनसमुदायकाे ध्यान आकर्षित गर्न र विश्वव्यापी उच्च रक्तचाप भएका १ अरब मानिसहरूलाई चेतना ल्याउन हरेक वर्ष मे १७ (May 17) तारिख हरेक वर्ष विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ । 

 

विर अस्पतालका Consultant Cardiologist डा. कुन्जन शेर्पाले पशिक्षणकाे क्रममा विश्व रक्तचाप दिवस, रक्तचाप, उच्च रक्तचाप र उच्च रक्तचाप कम गर्नका लागी अपनाउनु पर्ने जीवनशैली बारे बताएका छन । 

 

Systolic रक्तचाप लगातार १४० mmHg वा साे भन्दा माथी, Diastolic रक्तचाप लगातार 90 mmHg वा साे भन्दा माथी भएकाे अवस्थालाइ उच्च रक्तचाप (high blood pressure) अथवा हाइपरटेन्सन पनि भनिन्छ । उच्च रक्तचाप हृदय रोग, स्ट्रोक, मृगौला जटिलताहरू, र अकाल मृत्युको लागि जोखिमकाे प्रमुख कारक रहकाे डा. कुन्जन शेर्पा बताउँछन ।

 

“रक्तचाप नियमित रूपमा जाँच गरेर, र उपचार मार्फत उच्च रक्तचापलाई रोक्न र व्यवस्थापन गर्न सकिन्छ।” जनस्वास्थ्य महाशाखा प्रमुख  कुमार प्रसाद दहाल बताउँछन- “नगरपालिका अन्तरगतका कार्यरत स्वास्थ्यकर्मीहरू अग्रपंक्तिमा रहि काम गर्ने हुदाँ, उच्च रक्तचापकाे समस्या भएका सेवाग्राहिहरूलाइ सर्वप्रथम नजिकैकाे स्वास्थ्य संस्थाबाट नै सक्दाे सेवा, परामर्श र रेफरल गर्न जरूरी भएकाेले हामीले आजकाे कार्यक्रम आयाेजना गरेका हाै ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय