बूढानीलकण्ठ नगरपालिकामा किटजन्य रोग नियन्त्रण र रोकथामका लागि एक दिने बहुनिकाय अन्तक्रिया कार्यक्रम भएको छ। नगरपालिकाको जनस्वास्थ्य महाशाखाको आयोजनामा इपिडिमियोलोजि रोग नियन्त्रण शाखाले नगरपालिकाका संबन्धित निकायहरु संग किटजन्य रोगले फैलाउने महामारीको प्रकोप रोकथामको लागि प्राथमिक प्रतिक्रिया समुहलाई प्रशिक्षण दिइएको हो।

किटजन्य रोगका प्रकोप संग जुध्न प्राथमिकताका “सर्च एण्ड डिस्ट्रोय टिम”मा रहेका नगरपलिकाको स्वास्थ्य शाखा, वातावरण शाखा, हेल्थ पोष्ट, सुरक्षा निकाय, जन प्रतिनिधि, राजनितिक कर्मिहरु लगायत सम्बन्धित निकायहरुका प्रतिनिधिहरुलाई प्रशिक्षण दिईएको थियो।

डेंगु, मलेरिया, सक्रभ टाईफस, चिकुन्गुनया जस्ता किटजन्य रोगको पहिचान, रोगका किसिम तथा रोग रोकथामका विशिष्ट उपायहरुको बारेमा वृष्तित प्रशिक्षण दिईएको थियो। प्रशिक्षण इपिडिमियोलोजि रोग नियन्त्रण शाखा भेक्टर कन्ट्रोल निरिक्षक उत्तम राज प्याकुरेलले दिएका हुन्। प्याकुरेलले स्थानिय तहमा पनी दक्ष भेक्टर कन्ट्रोल युनिट परिचालन गर्न सकिने अवस्था बारे जानकारी दिएका थिए।

कार्यक्रममा डेंगु जस्ता विभिन्न किटजन्य रोगहरु विभिन्न समयमा फैलने  हुदाँ नियन्त्रणको लागि प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, नदि नालाहरु सफा गर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने बारे छलफल भएको थियो। नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले नगरमा यस कार्यहरु कार्यान्वयनमा लेराउन  नगरको वार्षिक योजनामा महामारीका बिषयहरुलाई पनि समावेश गर्न कार्यक्रममा उपस्थित योजना शाखा प्रमुख  महेश पाठक लाई अनुरोध गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय