बूढानीलकण्ठ, बैशाख ३१ गते । 

बूढानीलकण्ठ नगरपालिकामा हाल सम्म वडा नं ०१ र ०२ को मतगणना सकिएको छ ।

हाल सम्मको नतिजा अनुसार मेयर पदका नेकपा एमाले उम्मेद्वार मिठाराम अधिकारी ३२१ मतले अगाडि परेका छन् ।

अधिकारिले हाल सम्म १९९१ मत पाएका छन् भने  उनका प्रतिस्पर्धि नेपालि कांग्रेसका उम्मेद्वार बिनोद चालिसेले १६७० मत पाएका छन् ।

वडा नं ०३ को मतगणना हुँदै गर्दा नेकपा एकिकृत समाजवािका उम्मेद्वार बाल कृष्ण श्रेष्ठले ६९६ मत पाएर प्रतिस्पर्धाको दौडमा लम्किदै छन् ।

यस्तै उप-मेयर पदमा पनि नेकपा एमालेकि अनिता लामा ४१९ मतले अगाडि छिन । उनको हाल सम्मको नतिजा अनुसार कुल मत २३०० छ।

उनलाई पछ्याउँदै नेपालि कांग्रेसकि उम्मेद्वार रमिला वाग्लेले हाल सम्म १८८१ मत पाएकि छिन् ।

यस्तै अहिले सम्म मेयर पदमा माओवादि केन्द्रले ८३ मत, नेकपा  ए. समाजवादिले  ६९६, राष्ट्रिय प्रजाता्न्त्रिक पार्टिले १४९ र स्वतन्त्र उम्मेदवार लौरो चिन्हले ४६० मत प्राप्त गरेको छ ।

पुरा विवरणः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय