बूढानीलकण्ठ, बैशाख ३१ गते  

बूढानीलकण्ठ नगरपालिकामा वडा नं ०२ को मतगणना अनुसार वडा अध्यक्षमा नेकपा (एमाले) को तर्फबाट उम्मेद्वार राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबाार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार ७७ मत अन्तरले विजय भएका हुन् ।

नेकपा एमालेलाई पछ्याउदैँ प्रतिस्पर्धि नेपालि कांग्रेसका उम्मेदवार जनक थापाले १०८३ मत पाएका छन् ।

वडा अध्यक्ष नेकपा एमालेले जितेको वडा नं ०२ मा नेपालि कांग्रेस बाट महिला सदस्य पार्वति श्रेष्ठ (११२५ मतले), दलित महिला सदस्य सिता सुनार(१११० मतले), खुल्ला सदस्य (१) राम विनद लामिछाने(१०९७ मतले) र खुल्ला सदस्य (२) मा राज काजि श्रेष्ठ (११८३ मतले) निर्वाचित भएका छन् ।

त्यस्तै अन्य वडा अध्यक्ष पदका उम्मेदवार नेकपा (एस) १३ मत, नेकपा(माओवादी केन्द्र) का उम्मेदवारले ३७ मत र राष्ट्रिय प्रजातान्त्रिक पार्टि का उम्मेद्वारले ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी सोही वडाबाट खुल्ला सदस्यमा (२) नेपालि कांग्रेसको तर्फबाट उम्मेदवारले सबैभन्दा बढी मत ११८३ मत प्राप्त गरेको छ ।

हेर्नुहोस् पुरा विवरणः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय