बूढानीलकण्ठ, बैशाख ३१ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।
८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा सहितको टिम विजयी भएको हो।
त्यस्तै लामाको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उत्तम कुमार खड्काले ४७३ मत ल्याएका छन् भने अध्यक्षकै उम्मेदवार नेकपा एसका श्याम तामाङले ५९ मत र नेकपा(माओवादी केन्द्र) की उम्मेदवार ललिता श्रेष्ठले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी सोही वडाबाट दलित महिला सदस्यमा एमालेकै तर्फबाट उम्मेदवार शर्मिला नेपालीले सबैभन्दा बढी मत ९३२ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
बू.न.पा वडा नं १ को कूल मत परिणाम: