बूढानीलकण्ठ, बैशाख ३० गते ।
बूढानीलकण्ठ नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा शान्ति पुर्ण अवस्थामा मतदान सम्पन्न भएको छ ।
आज भएको मतदानमा नगरपालिकाको ४८,०३४ मतदाता मध्ये ७०.९५% अर्थात् ३४,४६४ जनाले मतदान गरेका छन् ।
नगरपालिकाको १३ वटै वडामा विहान ७ बजे देखि सञ्चालन भएको मतदान कार्य बेलुकी ५ बजे सम्म सञ्चालन भएको हो ।
निर्वाचनको लागि १३ वटै वडामा १९ वटा मतदान स्थलबाट ५३ बटा मतदान केन्द्रहरु सञ्चालन भएको थियो ।
बूढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जनाको उप-मेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेद्वारी दर्ता भएको छ । साथै ५१ जना महिला सदस्य, ४४ जना दलित महिला सदस्य र १०४ जना खुल्ला सदस्यहरुले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन पश्चात मतगणनाको लागि मतपेटिकाहरु आवश्यक सुरक्षा सहित निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको जानकारी प्राप्त भएको छ ।
मतगणना सर्वदलीय बैठकको निर्णय पश्चात सुरु हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
मतगणनाको नतिजा निर्वाचन आयोगको वेवसाइटमा नियमित अपडेट हुने छ ।
मतदान स्थलको थप फोटो फिचर हेर्नुहोस्: https://m.facebook.com/story.php?story_fbid=397859372349637&id=100063767333682