बूढानीलकण्ठ, बैशाख २८ गते ।
बैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तह सदस्यको निर्वाचनका लागी परिचय खुल्ने सक्कल कागजातका आधारमा पनि मतदान गर्न पाईने भएको छ ।
निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाई सकिएको आयोगले जनाएको छ ।