बूढानीलकण्ठ, बैशाख २८ गते । 

बूढानीलकण्ठ नगरपालिका अन्तरगत रहेका १ देखि १३ वडामा स्थायी रुपमा बसोबास गर्नु भएका वडाबासीहरुको लागि संघीय सरकारद्वारा मृगौला प्रत्यारोपन गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधी उपचार वापत खर्च रु.५,०००/ (पाँच हजार) प्रति महिना उपलब्ध गराउने सम्बन्धी नगरपालिकाले सुचना जारी गरेको छ ।

कार्यविधि, २०७८ बमोजिमको अनुसूची-१ र अनुसूची-२ अनुसारको विवरण तथा निवेदन सम्बन्धीत वडाले संकलन गर्ने कार्य गरिरहेको हुँदा सम्बन्धीत रोगबाट ग्रसित व्यक्तिहरुले आफ्नो विवरण सम्बन्धित वडामा गई नाम दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय